पुस्तकालय हस्तान्तरण कार्यक्रम सम्पन्न
वालिङ,२८ मङ्सिर– स्याङ्जा जिल्लामा सन् २०१८ मा साक्षरता कार्यक्रम सुरुवात भएका ३५ विद्यालयहरूमा पुस्तकालय स्थापना भएको ३ वर्ष पुगेको अवशरमा पुस्तकालयलाई विद्यालयकै पुर्ण स्वामित्वमा रहने गरी पुस्तकालय हस्तान्तरण भएको छ।
मंसिर ९ बाट सुरु भएको हस्तान्तरण कार्यक्रम ३५ विद्यालयहरूका पुस्तकालयलाई स्थानिय सरकारको रोहवरमा विद्यालयमै कार्यक्रमका विच हस्तान्तरण गरिएको हो।उक्त हस्तान्तरण कार्यक्रममा पुस्तकालयलाई दिगो बनाउनको लागि कार्ययोजना तयार गरिएको र सोहि अनुसार अघि बढाउदै कार्यक्रमलाई दिगो बनाउने प्रतिवद्दता स्थानिय तह तथा विद्यालय परिवारले दिनुभयो । रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोग, सूर्योदय क्लबको व्यवस्थापन, शिक्षा विकास तथा समन्वय इकाइ स्याङ्जा र स्थानिय सरकारहरुसंगको सहकार्यमा स्याङ्जा जिल्लामा सन् २०१८ मा ३५ विद्यालय र सन् २०१९ मा २० विद्यालयमा साक्षरता कार्यक्रम सञ्चलनमा रहेको छ ।
कक्षा १ देखी ५ कक्षा सम्मका बालबालिकामा पढ्ने सीप तथा पढ्ने बानीका लागि उत्प्रेरित गर्दै स्वतन्त्र पाठकका रुपमा जीवनपर्यन्त पठन सीपको विकास गर्ने उद्देश्यका साथ सरकारी विद्यालयहरुमा सक्षारता कार्यक्रम सञ्चालनमा आएको हो। यसका लागि विद्यालयको भौतिक पूर्वाधार निर्माण, गुणस्तरीय पठन सामग्री विकास, शिक्षक पेसागत तालिम, वैज्ञानिक पद्धतिमा आधारित पाठ्यपुस्तक तथा शिक्षण विधि र पुस्तकालय स्थापना तथा सञ्चालनका कामहरु भइरहेकोसूर्योदय क्लबका अध्यक्ष अनन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
ताजा
याक र चौरीलाई लेक लगिँदै
२०८३ बैशाख २८ गते, सोमबार
याक र चौरीलाई लेक लगिँदै
२०८३ बैशाख २८ गते, सोमबार
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ बैशाख २८ गते, सोमबार
राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत
२०८३ बैशाख २८ गते, सोमबार
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्याली
२०८३ बैशाख २० गते, आईतवार
डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती
२०८३ बैशाख २० गते, आईतवार
एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने
२०८३ बैशाख २० गते, आईतवार
आजको मौसमः केही स्थानमा मध्यम वर्षा र हिमपात हुने
२०८३ बैशाख २० गते, आईतवार
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा
२०८३ बैशाख ९ गते, बुधबार























