वालिङ बहुमुखी क्याम्पसको ४२औं वार्षिकोत्सव

वालिङ,२८ मङ्सिर– वालिङमा रहेको वालिङ बहुमुखी क्याम्पसले विविध कार्यक्रम सहित ४२ वार्षिकोत्सव मनाउने भएको छ । मङ्गलबार पत्रकार सम्मेलन गरी २८ गतेदेखि पौष ४ गतेसम्म विविध कार्यक्रम सहित वार्षिकोत्सव मनाउने जानकारी गराइएको हो । गण्डकि प्रदेशकै सबैभन्दा जेठो क्याम्पस वालिङ बहुमुखी क्याम्पसले आफ्नो ४२ औँ वार्षिकोत्सवकोपूर्वसन्ध्यामा पत्रकार सम्मेलन गरेको हो ।

वार्षिकोत्सवका अवसरमा मङ्सिर २८ गतेदेखि पौष १ गतेसम्म छात्र÷छात्रा भलिबल प्रतियोगिता, सरसफाई कार्यक्रम, २९ गते अन्तर क्याम्पस अन्तरक्रिया र वक्तृत्वकला कार्यक्रम गरिने छ । यसैगरी पौष १ देखि ३ गतेसम्म हाजिरी जवाफ प्रतियोगिता, लगायतका खेलकुदसँग सम्बन्धित कार्यक्रमहरु सञ्चालन गरिने छ भने पौष ४ गते साँस्कृतिक कार्यक्रम सहित समापन कार्यक्रम रहेको क्याम्पस प्रमुख सचितानन्द यादवले जानकारी गराउनुभयो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष हुमकान्त कोइरालाको सभापतित्वमा भएको पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख सच्चिदानन्द यादव स्वागत सहित कार्यक्रमको जानकारी गराउनु भएको थियो भने सहायक क्याम्पस प्रमुख भीमप्रसाद पँगेनीले सञ्चालन गर्नुभएको थियो ।
२०३७ सालमा स्थापना भएको क्याम्पसमा अहिले १६ सय ५५ जना विद्यार्थी अध्ययनरत छन ।

ताजा

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal