जागिर छाडेर कृषि पेशामा अर्याल

गोपाल जिटी

वालिङ,२७ मङ्सिर– आवस्यकता र महत्वलाई ख्यालराख्दै स्याङ्जाका युवाहरुले जागिर छाडेर कृषि पेशा अपनाउन थालेका छन् ।

अर्जुनचौपारी गाउँपालिका १ थापाथोकका पिताम्बर अर्याल ४ वर्ष शिक्षण र ४ वर्ष सहकारी संस्थामा व्यवस्थापकको जागिरको अनुभव पछि कृषि पेशामा लाग्नुभएको हो । अर्यालले २०७४ सालदेखि सुन्तला, कुखुरा र माछा समेत समेटेर दाजुभाई एकिकृत कृषि फर्म सञ्चालन गर्दै आउनु भएको छ ।

बुबाले सहायक बालीकारुपमा बारीको छेउछाउमा लगाउनु भएको सुन्तलालाई मुख्य नगदे बालीकारुपमा अर्यालले व्यवस्थापन गर्नुभएको हो ।

जागिरमा सीमित तलवमा काम गरेर प्रगति गर्न मुश्किल हुने सुन्तलाबाट राम्रो आम्दानी हुने भएपछि अर्याल कृषिकर्ममा आकर्षित हुनुभएको हो । आँप्mनै बारीमा यति धेरै सुन्तलाका बोट छन्, तिनैलाई व्यवस्थित गरें भने स्वतन्त्रसँग आम्दानी गर्न सकिने देखेपछि व्यवसायमा लागेको अर्याल बताउनुहुन्छ ।

अर्याल भन्नुहुन्छ, “सुरुमा केही असजिलो महसुस भए पनि विस्तारै काम गर्दैजाँदा सहज र खुसी लाग्दै आयो । किन कि विक्रि गरे पछि तत्काल पैसा बुभ्mन पाउने भएपछि मजा लाग्न थाल्यो ।” अरुले सामाजिक सञ्जालमा राख्नका लागि डोको बोकेको फोटो खिच्ने गर्छन् भने आँपूmले वास्तवमै डोको बोकेर सामान विक्रि गर्दा छुट्टै आनन्द र गर्व लाग्छ ।

अर्यालको सुन्तला बगानमा अहिले ६ सय ४० फलदिने बोटहरु छन् भने तयारीमा १ सय ७० बिरुवा छन् । गत वर्ष १८ टन सुन्तला विक्रि गर्दा झण्डै १५ लाखको आम्दानी गर्नुभएका अर्यालले अहिले केही कम भएकाले १० लाखको आम्दानी हुने अनुमान छ ।

आँपूmसँगैका साथीहरु विदेश जाने गरेको र उनीहरुले बोलाए पनि कहिल्यै विदेश जान मन लागेन अर्याललाई । अर्याल भन्नुहुन्छ, “शिक्षण र सहकारीको व्यवस्थापक भएपछि समाजमा एक खालको पहिचान बन्यो, त्यसपछि झन विदेश जान मन लागेन । तर अरुको दवावमा जागिर खाएर निर्वाह मात्रै हुने र आँप्mनो व्यवसायमा कसैको दवाव पनि नहुने, परिश्रमको आधारमा कमाई पनि हुने भए पछि सुन्तला सहित कृषि व्यवसायमा लागेको हो ।”

काम सुरु गरेपछि लिएको एक हप्ते तालीमले अर्याललाई सजिलो र आत्मबल बढायो । यसका साथै सुन्तला सुपरजोनमा सहभागी अवसर मिल्यो । यसपछि सुन्तलामा लाग्ने रोग किराका लागि कृषि ज्ञानकेन्द्रबाट प्राविधिक सहयोगका साथै आवस्यक औजारहरु प्राप्त हुँदै आएको छ, जसले गर्दा काम गर्न सहज बनाएको छ ।

थापाथोकमा अर्याल सहित ३२ घर परिवार सुन्तला सुपरजोनमा सहभागी छन् । गतवर्ष यो गाउँबाट मात्रै एक करोड भन्दा धेरैको सुन्तला विक्रि भएको थियो भने यस वर्ष ४० प्रतिशत घट्ने अनुमान छ ।

स्थानीय फणिनारायण अर्यालको बगानमा २२ सय बोट छन् र आँप्mनो समेत गर्दा गाउँमा ५ हजार भन्दा धेरै सुन्तलाका बोटले फल दिएका छन् । अन्य पालिकाहरुमा किसानलाई सहयोगका साथै विभिन्न प्रोत्साहनका कार्यक्रममा सहभागिता गराएको सुन्ने गरेपनि अर्जुन चौपारी गाउँपालिकाबाट अहिलेसम्म कुनै साथ नपाएको अर्यालको गुनासो छ ।

किसानलाई मान्छे नै होइन जस्तो गर्ने र किसानहरुका लागि पालिकाले सरोकारको कुनै कार्यक्रम नल्याएको अर्यालको भनाई छ । गत वर्ष गण्डकी प्रदेशबाट अर्याललाई साढे सातलाख अनुदान मिलेको थियो । तर कृषकहरुमा अनुदान परे पनि मन खिन्न हुने र नपरे पनि मन खिन्न हुने अर्यालले सुनाउनुभयो । किनकि नपर्दा परेन भन्ने चिन्ता र परेपछि लिनका लागि झन्जटिलो हुने अर्यालको दुखेसो छ । आँपूmसँगै अर्जुन चौपारीका अरु तीन जनालाई अनुदान परेको थियो, यस क्रममा आँप्mनोमा ११ पटक अनुगमन भयो तर अरु साथीहरुकोमा एक पटक पनि भएन । ११ पटकको अनुगमनले १ लाख कटौती भएको तितोसत्य अर्याल सुनाउनुहुन्छ । व्यवसाय गर्छु भनेर प्रस्तावनाका आधारमा अनुदान नमिल्ने, आँपूmले आधा लगानी गर्नुपर्ने, यसले पनि किसानहरुमा व्यावसायमा वाधा पुगेको अर्यालको विचार छ ।

कृषि व्यवसायमा वृद्धि गर्न सबैभन्दा पहिला जनचेतना ल्याउनुपर्छ भन्नुहुन्छ अर्याल । अझै पनि धेरै किसानहरु परम्परागत पद्धतिमा रहेका छन् उनीहरुका लागि तालीमको व्यवस्था गर्ने, व्यवसायिक कृषि सम्बन्धी चेतनामूलक कार्यक्रमहरु गर्ने, उत्पादित वस्तुको बजारीकरणको व्यवस्थापन गरिदिने हो भने कृषि पेशाले गतिलिन सक्छ । अनुदानले कृषकलाई केही प्रोत्साहन त मिल्छ तर यो पनि अहिलसम्म पहुँँचका आधारमा वितरण हुने गरेको पाइन्छ, यसले वास्तविक किसान पछि पर्ने काम भएको छ ।

अनुदान भन्दापनि सस्तो व्याजमा कर्जा उपलव्ध गराउनसके किसानहरुलाई धेरै राम्रो हुने विचार अर्यालको छ । लगानी गरेपछि छिटो आम्दानीको अपेक्षा गर्ने सोंचका कारण युवाहरु कृषि पेशामा लाग्न नसकेको अर्यालको धारणा छ । आँपूm विदेश नगए पनि साथीहरुले भनेको सुन्दा विदेशमा गरिने मेहनत यहाँ गर्ने हो भनै धेरै गुना फाइदा लिन सकिन्छ ।
बाहिर जाने भने पछि जति पनि लगानी गर्न तयार हुने तर यहाँ केहि गर्छु भन्नेलाई समाजले विश्वास गर्न नसक्नुले पनि युवाहरु विदेश होमिने क्रम बढेको अर्यालको भनाइ छ ।

ताजा

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस

२०८३ असार ५ गते, शुक्रबार

ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते

२०८३ असार २ गते, मंगलवार

पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ

२०८३ असार २ गते, मंगलवार

गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म

२०८३ असार २ गते, मंगलवार

कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी

२०८३ असार २ गते, मंगलवार

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी

२०८३ जेष्ठ २५ गते, सोमबार

नवौं वालिङ महोत्सवको आय–व्यय सार्वजनिक 

२०८३ जेष्ठ २४ गते, आईतवार

पत्रकार महासंघ स्याङ्जाको १५औं साधारण सभा सम्पन्न,पूर्व अध्यक्षत्रय सम्मानित

२०८३ जेष्ठ २४ गते, आईतवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal