काँग्रेस १४औँ महाधिवेशन: मतदान अन्तिम चरणमा, सकिएको डेढ घण्टापछि मतगणना सुरु हुने
काठमाडौं,२७ मङ्सिर– नेपाली काँग्रेसको नयाँ नेतृत्वको लागि जारी मतदान अन्तिम चरणमा पुगेको छ भने मतदान राति १० बजेसम्म हुने भएको छ ।
यद्यपी, निर्वाचन समितिले सोमबार राति ९ बजेसम्म मतदान हुने सूचना जारी गरेको थियो । तर, अब राति १० बजेसम्म मतदान हुने समितिका सदस्य अधिवक्ता तेजबहादुर रावलले जानकारी दिनुभयो । राति ८ः४५ सम्म ४३ सय ५० मत खसेको काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
समितिका सदस्य रावलका अनुसार मतदान प्रक्रिया अन्तिम चरणमा पुगेको छ । मतदान सकिएको डेढ घण्टापछि मतगणना सुरु हुने पनि उहाँले बताउनुभयो ।
काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वसहितको कार्यसमिति चयनका लागि भृकुटीमण्डप परिसर, भृकुटीमण्डप प्रदर्शनी कक्ष र राष्ट्रियसभा परिसर मतदान जारी छ ।
मतदान निर्धारित समयभन्दा साढे तीन घण्टा ढिलो गरि सुरु भएको हो ।
महाधिवेशनमा चार हजार ४७३ जना प्रतिनिधि छन् । २९ मतपत्रमा मत दिनुपर्ने भएकोले एक महाधिवेशन प्रतिनिधिलाई मतदान गर्न करिब १ घण्टा लाग्ने गरेको छ । स्रोत गोरखापत्र
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















