गण्डकी समाचारका सम्पादक पराजुली प्रेस चौतारी नेपालको केन्द्रीय सदस्यमा चयन

स्याङ्जा,२५ मङ्सिर– प्रेस चौतारी नेपालको केन्द्रीय सदस्यमा गण्डकी समाचार डट कमका सम्पादक हिमलाल पराजुली चयन हुनुभएको छ ।
स्याङ्जामा रहेर लामो समयदेखि पत्रकारिता गर्दै आउनुभएका पराजुलीलाई शनिबार काठमाडौमा बसेको प्रेस चौतारीको केन्द्रीय कमिटीको बैठकले केन्द्रीय सदस्यमा चयन गरेको हो ।

प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले एक विज्ञप्ती जारी गर्दै संशोधित विधान अनुसार २ सय ४९ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको जनाउनुभएको छ । राष्ट्रिय भेलाले दिएको म्याण्डेट अनुसार चौतारीले केन्द्रीय कमिटीलाई पूर्णता दिएको हो । भेलाले विधान संशोधन गर्दै २७ सदस्यीय पदाधिकारी सहित २ सय ४९ जना केन्द्रीय कमिटीमा रहने व्यवस्था गरेको थियो । संगठको विरुधमा काम गर्ने पदाधिकारीहरुलाई निस्कासन गर्दै चौतारीले केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ ।

स्याङ्जाबाट केन्द्रीय सदस्य चयन हुनुभएका पराजुली प्रेस चौतारी स्याङ्जाको सचिव हुदै तीन कार्यकाल प्रेस चौतारी स्याङ्जाको अध्यक्ष भएर चौतारीको नेतृत्व समाल्दै आउनुभएका पराजुली गण्डकी प्रदेश कमिटीको सदस्य हुनुहुन्थ्यो । लामो समयदेखि जिल्लामा रहेर पत्रकारिता गर्दै आउनुभएका पराजुली विभिन्न राष्ट्रिय मिडियामा आवद्ध हुनुका साथै स्याङ्जाको वालिङबाट सञ्चालनमा आएको गण्डकी समाचार डट कमका सञ्चालक एवं सम्पादक समेत हुनुहुन्छ ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal