तुलसीभञ्ज्याङ्ग साना किसान कृषि सहकारीको नवौं वार्षिक साधारण सभा सम्पन्न


गल्याङ,२५ मङ्सिर– तुलसीभञ्ज्याङ्ग साना किसान कृषि सहकारीको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
शनिबार गल्याङमा आयोजित साधारण सभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य मोहन रेग्मीले तुलसीभञ्ज्याङ साना किसान कृषि सहकारीले जनता संंग प्रत्यक्ष जोडिएर जिवनस्तर माथि उठाउने अभियानको नेतृत्व गरिरहेको बताउदै संस्थाका थप प्रगतिको शुभकामना व्याक्त गर्नुभयो ।

प्रदेश सभा सदस्य रेग्मीले सहकारीले त्यस क्षेत्रका किसानहरुमा जागरण ल्याएको समेत बताउनुभयो । सहकारी शेयर सदस्यहरुको दुःख सुखको साथि भएको बताउदै कसरी शेयर सदस्यहरुलाई आर्यआर्जनको माध्यम संग जोडन सकिन्छ भन्ने योजना बनाएर काम गर्न सकेको खण्डमा सहकारीको अभियान सफल हुने बताउनुभयो ।

कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष एवंं गल्याङ नगरपालिकाका नगरप्रमुख भुपराज अधिकारीले गाउँगाउँका किसानहरुलाई सोरोजगार बनाउने अभियान नै सञ्चालन गरेको बताउदै नगरपालिकाको तर्फबाट समेत अभियानमा सहयोग गर्ने बताउनुभो । कोही किसानले व्यावसाय सञ्चालन गर्न चाहेको अवस्थामा आर्थि समस्याका कारण खुम्चिएर बस्नुपर्ने अवस्थाको सिर्जना हुन नदिने बताउदै किानको पिरमर्कामा सहकारी सहयोग बनेर अगाडी बढ्ने बताउनुभयो । ससम्पन्न भएको हो । नगरप्रमुख अधिकारीले सहकारीका शेयर सदस्यहरुको लागि उपचारको लागि समेत आर्थिक सहयोग गर्ने बताउदै त्यसप्रकारको रकम बढाउन समेत सञ्चालक समिति समक्ष आग्रह गर्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति स्याङ्जाका उपप्रमुख दिलिप कुमार बगाले, भैंसीजोन स्याङ्जाका अध्यक्ष एवं सहकारी अभियान्त पुण्यप्रसाद अर्याल लगायतले बोल्नुभएको थियो । सहकारीका अध्यक्ष दलबहादुर सिंजालीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । चार हजार बढि शेयर सदस्यहरु रहेको सहकारीको साधारण सभामा जेष्ठ नागरीकका साथै सञ्चार कर्मी एवं गल्याङ एफ एमकी समाचार प्रमुख अस्मिता रानालाई सम्मान गरिएको थियो । सहकारीले कोरोना संक्रमण (कोभिड १९ ) का कारण ज्यान गुमाएका संस्थाका शेयर सदस्यका परिवालाई समेत राहात रकम हस्तान्तरण गरेको थियो ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal