महान सुपुत्र जन्माउने आमा बुबा भाग्यमानी: स्वामी रामदेव

वालिङ, ४ मङ्सिर– योगऋषि स्वामी रामदेवले महान सुपुत्रलाई यस धर्तीमा जन्म दिनुहुने आमाबुवा भाग्यमानी भएको बताउनुभएको छ ।

स्याङ्जाको वालिङ–६ भरुवास्थित आयुर्वेद शिरोमणि आचार्य बालकृष्णजी महाराजका पिता जयबल्लभ सुवेदीको शुक्रबार आयोजित चौरासी पूजामा उहाँले यस्ता महान सुपुत्र जन्माउने भाग्यमानी आमाबुवाको यसरी नै १०० वर्ष हर्सोल्लाससहित जन्मदिवस मनाउन पाइयोस् भन्ने शुभकामनासमेत व्यक्त गर्नुभयो ।

सोही अवसरमा आचार्य बालकृष्णजी महाराजले आमाबुबासँगै सशरीर रहेर सेवा गर्न नपाए पनि आफ्नै आमाबुबा जस्तै करोडौँलाई पतञ्जलिमार्फत सेवा गर्न पाएकामा खुसी व्यक्त गर्नुभयो । आफू अहिले जुन ठाउँमा भए पनि आफ्नो बाल्यकाल बितेको ठाउँको सम्झना, झझल्को आइरहने गरेको उहाँले बताउनुभयो ।

योगगुरु रामदेव र आफ्नो शरीर दुई वटा भए पनि विचार, भावना र कर्म एउटै भएको आचार्य बालकृष्णले बताउनुभयो । नेपालका लागि पतञ्जलिमार्फत थुप्रै योजना बनाएको बताउँदै उहाँले मिलेर कार्य गर्ने धारणा व्यक्त गर्नुभयो । 

बुबाको सहस्र पूर्णचन्द्र दर्शनका अवसरमा आयोजना गरिएको लघुरुद्री, श्रीमद्भागवत पाठ पारायण, चौरासी पूजा एवं लाखबत्ती ९लक्ष्यवर्ती० कार्यक्रममा सहभागी हुन आउनुभएको हो । उहाँहरू आज नै काठमाडौँ फर्किनुभएको छ । आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण पिता जयबल्लभ सुवेदीका ज्येष्ठ सुपुत्र हुनुहुन्छ ।रासस

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal