वालिङमा सप्तक संगीत दीपावली साँझ हुने


वालिङ,१७ कात्तिक– नेपालीहरुको दोस्रो ठूलो पर्व दिपावलीको अवसरमो वालिङमा दीपावली साँझ हुने भएको छ । सप्तक संगीत सांस्कृतिक केन्द्र वालिङले दीपावलीको पूर्व सन्ध्यामा सप्तक संगीत दीपावली साँझ २०७८ को आयोजना गर्ने भएको हो । संगीत साँझको आयोजना बारे जानकारी दिन बुधबार केन्द्रले पत्रकार सम्मेलनको आयोजना गरेको हो । २०७८ को नयाँ वर्षसँगै संगीत, गायन, नृत्य तथा अभिनयको कक्षा सञ्चालन गर्दै आएको सांस्कृतिक केन्द्रले पहिलो पटक सांगीतिक कार्यक्रमको आयोजना गरेको हो ।


कोभिडले थलिएको संगीत क्षेत्र र सुस्ताएका दर्शकमाँझ उत्साह जगाउने प्रयास स्वरुप दीपावली साँझको आयोजना गरिएको केन्द्रका अध्यक्ष देवराज गैह्रेले जानकारी दिनुभयो । संगीत र संस्कृति सम्बन्धी प्रशिक्षण केन्द्रको रुपमा यही वैशाखमा स्थापित केन्द्रले कला, संगीत र नृत्यको प्रशिक्षण दिँदै आईरहेको छ । लामो समय बुटवलमा संगीत पाठशाला सञ्चालन गर्नुभएका गैह्रेले स्याङ्जामै नमूना संगीत प्रशिक्षण केन्द्रको स्थापना गर्नुभएको छ ।


कार्यक्रममा आधुनिक गायक रुपक डोटेल, कमेडियन मेक्सम गौँडेल, नृत्यकार अस्मिता रनपालको प्रस्तुति रहने अध्यक्ष गैह्रेले बताउनुभयो । यही कात्तिक १९ गते साँझ ६ः ३० बजेदेखि १० बजेसम्म आयोजना हुँने साँझमा स्थानीय कलाकार र केन्द्रका विद्यार्थीहरुले समेत आफ्ना प्रस्तुति राख्नेछन् । कार्यक्रममा २ सय बढी दर्शकले मनोरञ्जन लिनेछन् भने कार्यक्रमका लागि झण्डै ५ लाख खर्च हुने आयोजकको अनुमान रहेको छ ।
आजीवन संगीत क्षेत्रमा बिताउनुभएका गायन र नृत्य क्षेत्रबाट गरी एक÷एक जना सर्जकलाई नगद सहित सम्मान गर्ने कार्यक्रम रहेको केन्द्रका अध्यक्ष गैह्रेले जानकारी दिनुभयो ।


कार्यक्रमा खर्च कटाएर उठेको नाफाको १० प्रतिशत सामाजिक क्षेत्रमा खर्च गर्ने, संगीत कोष स्थापना गर्ने र कोषबाट आर्थिक रुपमा कमजोर भएका तर संगीतमा रुची भएकाहरुको प्रोत्साहन गरिने केन्द्रका अध्यक्ष गैह्रेले बताउनुभयो । दुई वर्षदेखि प्राय ठप्प रहेका संगीत क्षेत्रमा उर्जा थप्नका लागि यस कार्यक्रमले सहयोग पुग्ने कलाकार अर्जुन गैह्रेले बताउनुभयो ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal