एमाले वालिङ नगर अध्यक्षमा पौडेल
वालिङ,१२ कात्तिक– नेपाल कम्युनिष्ट पार्टी (एमाले) वालिङ नगर कमिटीकोे अध्यक्षमा शोभाकान्त पौडेल निर्वाचित हुनुभएको छ । कात्तिक ९ गते मंगलबारदेखि सुरु भएको प्रथम एमाले नगर अधिवेशनमा अध्यक्ष पदका आकांछी धेरै भएपछि सहमतिको लागि भन्दै अधिवेशन शुक्रबार सम्म लम्बीएको थियो ।
वडा वडाबाट छानिएर आएका एमालेका प्रतिनिधिहरुले नेतृत्व सहमतिका आधारमा चुनिनुपर्ने मतदानमा जान नहुने भन्दै दवाब दिएपछि सहमतिको लागि भन्दै निर्वाचन कमिटीले समय थप गरेको थियो ।
अध्यक्षका आकांछी पुण्यप्रसाद अर्याल, यामकान्त खनाल र चोपनारायण श्रेष्ठले अन्तिम समयमा आएर पौडेलको पक्षमा सहमति जनाएपछि एमाले वालिङ नगर कमिटीको अध्यक्षमा शोभाकान्त पौडेल निर्विरोध निर्वाचित हुनुभएको हो ।
निर्वाचन मण्डलका अध्यक्ष यामबहादुर कुँवरले सहमतिका आधारमा शोभाकान्त पौडेलको अध्यक्षतामा ७५ सदस्सिय नगर कमिटी गठन गरिएको जानकारी दिनुभयो ।
नवनिर्वाचि अध्यक्ष पौडेलले सबैको भावना र मर्मलाई समेटेर पार्टीलाई एक ढिक्का बनाएर अगाड बढ्ने बताउनुभयो । जिल्लाकै केन्द्र भागमा रहेकोले वालिङ नगर कमिटीको नेतृत्व लिन एमाले नेताहरु बिच रश्सा कश्सि चलेकोे थियो ।
नवनिर्वाचित नगर कमिटीको उपाध्यक्षमा श्याम श्रेष्ठ, सचिवमा यमकान्त खनाल र उपसचिवमा शुशिल खनाल(पिताम्वर) उमेशबहादुर दर्लामी,सीतु गुरुङ लगायत सबै पदमा सर्वसम्वत रुपमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार























