कृषि र पशुपालनमा नगरपालिकाले सहयोग गर्छ ः नगरप्रमुख अधिकारी
गल्याङ,८ कात्तिक– गल्याङ नगरपालिका ४ दुधेचौरमा उन्नत बाख्रापालन तथा खसीबोका वितरण कार्यक्रम सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल लाइभ स्टक इनोभेसन सेक्टर आयोजनामा सञ्चालित उन्नत बाख्रापालन तथा खसीबोका वितरण कार्यक्रम सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । सार्वजनिक कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले किसान आत्मनिर्भर बन्नका लागि परियोजनालाई सही रुपमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो । उहाँले कृषि र पशुपालनबाट आत्मनिर्भर बन्नका लागि गल्याङ नगरपालिकाले सबै खालको सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।
नगरप्रमुख अधिकारीले भन्नुभयो, ‘अनुदानका लागि मुख ताक्ने मात्रै होइन, काम नै गरेर अगाडि बढ्नुस् नगरपालिकाले सबै खालको सहयोग गर्न तयार छ ।’ उहाँले कृषकहरुका लागि अनुदान मात्रै नभएर सस्तो ब्याजमा ऋणका लागि पनि आफुले सहयोग गर्ने बताउनुभयो । काम गर्नेहरुका लागि पैसाको खाँचो नहुने भन्दै नगरप्रमुख अधिकारीले इमान्दार भएकार काम गर्नुपर्नेमा जोड दिनुभयो ।
नगरप्रमुख अधिकारीले नगरपालिकामा दूधको क्षेत्रमा राम्रो काम भैरहेको भन्दै अब बाख्राको क्षेत्रमा पनि काम अगाडि बढेको बताउनुभयो ।
उहाँले नगरपालिका भित्रका किसानहरुका लागि बाहिरी अनुदान भित्र्याउन आफुले पहल गरिरहेको भन्दै यसका लागि किसानहरु पनि अझै जागरुक हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले एनएलएस आइपीको परियोजना अरु भन्दा निकै राम्रो भएको बताउनुभयो ।
उहाँले यसअघि पनि विभिन्न अनुदानका कार्यक्रमहरु आएको भए पनि नेपाल लाइभ स्टक सेक्टर परियोजना काम गर्ने किसानहरुका लागि निकै राम्रो रहेको बताउनुभयो । नगरपालिकाको ४ नम्बर वडाका अध्यक्ष नेत्र प्रसाद पाण्डेले ठूलो संघर्ष गरेर परियोजना ल्याउन सफल भएको भन्दै अब कार्यान्वयन गराउनुपर्नेमा जोड दिनुभयो ।
नगरपालिका पशु सेवा शाखा प्रमुख सुशिल अर्यालले परियोजनाले तोकेको मापदण्डमा रहेर परियोजना सफल पार्न आग्रह गर्नुभयो । पशु चिकित्सक डाक्टर अनिस सापकोटाले बाख्रापालन गर्ने क्रममा गर्नुपर्ने प्राविधिक सहयोगका लागि आफुहरु जुनसुकै बेला तयार रहेको बताउनुभयो । व्यवसायिक बाख्रापालन कृषक समूहका अध्यक्ष रुक्मागत न्यौपानेले आयोजना सफल पार्न संस्थका सबै कृषकहरु एकजुट भएर लागिरहेको बताउनुभयो ।
गल्याङ सञ्चार प्रा.लि. गल्याङ एफएम ९२.२ मेगाहर्जको सहजिकरणमा भएको सार्वजनिक सुनुवाई कार्यक्रमको संचालन एफएमका स्टेशन म्यानेजर तथा गल्याङ नगरपालिका प्रेस संयोजक केपी खनालले गर्नुभएको थियो । कार्यक्रममा गल्याङ नगरपालिकाका इन्जिजियरहरु बुद्धि विश्वकर्मा र कृष्ण अर्यालले आयोजनाको मापदण्ड अनुसार खोर निर्माण गर्ने विधिबारे कृषकहरुलाई सहजिकरण गर्नुभएको थियो ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार






















