कृषि र पशुपालनमा नगरपालिकाले सहयोग गर्छ ः नगरप्रमुख अधिकारी

गल्याङ,८ कात्तिक– गल्याङ नगरपालिका ४ दुधेचौरमा उन्नत बाख्रापालन तथा खसीबोका वितरण कार्यक्रम सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल लाइभ स्टक इनोभेसन सेक्टर आयोजनामा सञ्चालित उन्नत बाख्रापालन तथा खसीबोका वितरण कार्यक्रम सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । सार्वजनिक कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले किसान आत्मनिर्भर बन्नका लागि परियोजनालाई सही रुपमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो । उहाँले कृषि र पशुपालनबाट आत्मनिर्भर बन्नका लागि गल्याङ नगरपालिकाले सबै खालको सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

नगरप्रमुख अधिकारीले भन्नुभयो, ‘अनुदानका लागि मुख ताक्ने मात्रै होइन, काम नै गरेर अगाडि बढ्नुस् नगरपालिकाले सबै खालको सहयोग गर्न तयार छ ।’ उहाँले कृषकहरुका लागि अनुदान मात्रै नभएर सस्तो ब्याजमा ऋणका लागि पनि आफुले सहयोग गर्ने बताउनुभयो । काम गर्नेहरुका लागि पैसाको खाँचो नहुने भन्दै नगरप्रमुख अधिकारीले इमान्दार भएकार काम गर्नुपर्नेमा जोड दिनुभयो ।

नगरप्रमुख अधिकारीले नगरपालिकामा दूधको क्षेत्रमा राम्रो काम भैरहेको भन्दै अब बाख्राको क्षेत्रमा पनि काम अगाडि बढेको बताउनुभयो ।
उहाँले नगरपालिका भित्रका किसानहरुका लागि बाहिरी अनुदान भित्र्याउन आफुले पहल गरिरहेको भन्दै यसका लागि किसानहरु पनि अझै जागरुक हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले एनएलएस आइपीको परियोजना अरु भन्दा निकै राम्रो भएको बताउनुभयो ।
उहाँले यसअघि पनि विभिन्न अनुदानका कार्यक्रमहरु आएको भए पनि नेपाल लाइभ स्टक सेक्टर परियोजना काम गर्ने किसानहरुका लागि निकै राम्रो रहेको बताउनुभयो । नगरपालिकाको ४ नम्बर वडाका अध्यक्ष नेत्र प्रसाद पाण्डेले ठूलो संघर्ष गरेर परियोजना ल्याउन सफल भएको भन्दै अब कार्यान्वयन गराउनुपर्नेमा जोड दिनुभयो ।

नगरपालिका पशु सेवा शाखा प्रमुख सुशिल अर्यालले परियोजनाले तोकेको मापदण्डमा रहेर परियोजना सफल पार्न आग्रह गर्नुभयो । पशु चिकित्सक डाक्टर अनिस सापकोटाले बाख्रापालन गर्ने क्रममा गर्नुपर्ने प्राविधिक सहयोगका लागि आफुहरु जुनसुकै बेला तयार रहेको बताउनुभयो । व्यवसायिक बाख्रापालन कृषक समूहका अध्यक्ष रुक्मागत न्यौपानेले आयोजना सफल पार्न संस्थका सबै कृषकहरु एकजुट भएर लागिरहेको बताउनुभयो ।

गल्याङ सञ्चार प्रा.लि. गल्याङ एफएम ९२.२ मेगाहर्जको सहजिकरणमा भएको सार्वजनिक सुनुवाई कार्यक्रमको संचालन एफएमका स्टेशन म्यानेजर तथा गल्याङ नगरपालिका प्रेस संयोजक केपी खनालले गर्नुभएको थियो । कार्यक्रममा गल्याङ नगरपालिकाका इन्जिजियरहरु बुद्धि विश्वकर्मा र कृष्ण अर्यालले आयोजनाको मापदण्ड अनुसार खोर निर्माण गर्ने विधिबारे कृषकहरुलाई सहजिकरण गर्नुभएको थियो ।

ताजा

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal