वालिङमा भलिबल प्रतियोगिता सुरु
वालिङ,८ कात्तिक– वालिङमा पुरुष तथा महिला भलिबल प्रतियोगिता सोमबारदेखि सुरुभएको छ । वालिङ भलिबल क्लबले पुरुष तथा महिला भलिबल प्रतियोगिताको आयोजना गरेको हो । यहि कार्तिक १३ गते शनिबार सम्पन्न गरिने प्रतियोगिताको गण्डकी प्रदेशका युवा तथा खेलकूद मन्त्री राजीव गुरुङ (दीपक मनाङ्गे) ले उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा प्रदेश सांसद भागवतप्रकाश मल्लले खेलाडीहरुलाई खेल सामग्री हस्तान्तरण गरे संगै प्रतियोगिता सुरुभएको हो।
उद्घाटन खेल महिला समूहका आयोजक क्लब र अकला फेन्सी गल्याङको बीच खेल भएको थियो । उद्घाटन खेलमा अकला फेन्सी गल्याङले आयोजक क्लबलाई लगातार ३ सेट सहित जीतको यात्रा सुरु गरेको छ । यसैगरी मङ्गलबार पुरुष र महिलातर्पmका गरी दुइखेल खेलाइने र खेल विहान ११ बजे सुरुहुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा पुरुषतर्पm १० समूहको सहभागिता रहेको छ भने महिलातर्पm ७ समूहले प्रतिस्पर्धा गर्ने आयोजक क्लबका उपाध्यक्ष किरण खाँणले जानकारी गराउनुभयो । लिग सिस्टममा खेलाइने पुरुष भलिबल प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख रुपैँया सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः ५० हजार, २५ हजार र १० हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यसैगरी महिलातर्फ प्रथम,द्वितीय र तृतीय स्थान प्राप्त गर्ने समूहले क्रमशः.२० हजार, १० हजार र ५ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा खेलको नियम अनुसार विभिन्न विधामा समेत पुरस्कृत गरिने क्लबले जनाएको छ ।
२०७६ मा स्थापना भएको क्लबले दोस्रो वार्षिकोत्सवका अवसरमा प्रतियोगिताको आयोजना गरेको हो । कोरोना भाइरसको महामारीका कारण करिव दुइ वर्ष यस्ता कुनै कार्यक्रमहरु आयोजना हुन नसकिरहेको अवस्थामा यो प्रतियोगिता भव्य र सभ्यरुपमा सम्पन्न हुने आयोजकको भनाइ रहेको छ । प्रतियोगिताको मुख्य प्रायोजक वालिङ नगरपालिका र सह प्रायोजक चापाकोट नगरपालिका रहेको छ ।
ताजा
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार





















