वालिङमा भलिबल प्रतियोगिता सुरु
वालिङ,८ कात्तिक– वालिङमा पुरुष तथा महिला भलिबल प्रतियोगिता सोमबारदेखि सुरुभएको छ । वालिङ भलिबल क्लबले पुरुष तथा महिला भलिबल प्रतियोगिताको आयोजना गरेको हो । यहि कार्तिक १३ गते शनिबार सम्पन्न गरिने प्रतियोगिताको गण्डकी प्रदेशका युवा तथा खेलकूद मन्त्री राजीव गुरुङ (दीपक मनाङ्गे) ले उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा प्रदेश सांसद भागवतप्रकाश मल्लले खेलाडीहरुलाई खेल सामग्री हस्तान्तरण गरे संगै प्रतियोगिता सुरुभएको हो।
उद्घाटन खेल महिला समूहका आयोजक क्लब र अकला फेन्सी गल्याङको बीच खेल भएको थियो । उद्घाटन खेलमा अकला फेन्सी गल्याङले आयोजक क्लबलाई लगातार ३ सेट सहित जीतको यात्रा सुरु गरेको छ । यसैगरी मङ्गलबार पुरुष र महिलातर्पmका गरी दुइखेल खेलाइने र खेल विहान ११ बजे सुरुहुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा पुरुषतर्पm १० समूहको सहभागिता रहेको छ भने महिलातर्पm ७ समूहले प्रतिस्पर्धा गर्ने आयोजक क्लबका उपाध्यक्ष किरण खाँणले जानकारी गराउनुभयो । लिग सिस्टममा खेलाइने पुरुष भलिबल प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख रुपैँया सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः ५० हजार, २५ हजार र १० हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यसैगरी महिलातर्फ प्रथम,द्वितीय र तृतीय स्थान प्राप्त गर्ने समूहले क्रमशः.२० हजार, १० हजार र ५ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा खेलको नियम अनुसार विभिन्न विधामा समेत पुरस्कृत गरिने क्लबले जनाएको छ ।
२०७६ मा स्थापना भएको क्लबले दोस्रो वार्षिकोत्सवका अवसरमा प्रतियोगिताको आयोजना गरेको हो । कोरोना भाइरसको महामारीका कारण करिव दुइ वर्ष यस्ता कुनै कार्यक्रमहरु आयोजना हुन नसकिरहेको अवस्थामा यो प्रतियोगिता भव्य र सभ्यरुपमा सम्पन्न हुने आयोजकको भनाइ रहेको छ । प्रतियोगिताको मुख्य प्रायोजक वालिङ नगरपालिका र सह प्रायोजक चापाकोट नगरपालिका रहेको छ ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















