स्याङ्जामा निशेधाज्ञा हट्यो, संक्रमणको जोखिम कायमै रहेकोले सचेत रहन प्रशासनको आग्रह
वालिङ,१० असोज– कोरोना भाइरस (कोभिड) १९ को संक्रमण बढ्दै गएपछि स्याङ्जामा जारि गरिएको निशेधाज्ञा पाँच महिना पछि हटाईएको छ । कोरोन संक्रमण बढ्दै गएपछि जिल्ला भर लागु हुने गरी वैशाख २१ बाट निशेधाज्ञा लगाईएको थियो ।
प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जिल्ला भर लगाइएको निशेधाज्ञा आइतवारबाट हटाईएको जानकारी दिनुभएको हो ।
पछिल्ला दिनमा कोभिड–१९ को संक्रमणको दर न्यून हुँदै गएको तथा जिल्लाको जनजीवन समेत सामान्य बन्दै गईरहेको विश्लेषणका आधारमा जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकको निर्णय अनुशार निशेधाज्ञा हटाईएको प्रमुख जिल्ला अधिकारी नेपाल द्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।
कोभिड १९ को नियन्त्रण तथा रोकथामका लागि सहयोग तथा सहकार्य गर्ने स्थानीय तह, राजनीतिक दल, जिल्लास्थित सुरक्षा निकाय, सरकारी कार्यालय, सरकारी एवं गैरसरकारी संघसंस्था, पत्रकार, सञ्चार माध्यम, पेशागत व्यवसायी, आम नागरिक लगायत सवै सरोकारवाला प्रति प्रशासनले आभार प्रकट गरेको छ ।
कोभिड–१९ संक्रमणको दर घट्दै गएपनि यो पूर्ण रुपमा नियन्त्रणमा आइनसकेको र संक्रमणको जोखिम कायम नै रहेको भन्दै आफ्नो पेशा व्यवसाय सञ्चालन गर्दा नेपाल सरकारले जारी गरेका जनस्वास्थ्य र सुरक्षाका मापदण्डहरु पूर्ण रुपमा पालना गर्न प्रशासनले आग्रह गरेको छ ।
ताजा
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार
मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह
२०८३ असार १५ गते, सोमबार
जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते
२०८३ असार १२ गते, शुक्रबार
कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट
२०८३ असार ११ गते, बिहीबार
बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी
२०८३ असार ११ गते, बिहीबार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार






















