पर्यटककाे पर्खाइमा शालिग्राम उद्यान (फाेटाे फिचर)

अमृतप्रसाद पौडेल
बेनी,९ असोज– पर्यटकीय क्षेत्र हिमालपारीको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा रहेको शालिग्राम उद्यान पर्यटकको पर्खाइमा रहेको छ । आन्तरिक तथा बाह्य पर्यटकहरुको रोजाइको क्षेत्र मुस्ताङका हरेक क्षेत्र आकर्षक भएपनि उद्यान निर्माणले थप पर्यटक आकर्षित हुने विश्वास स्थानीयको छ ।

तिनै आकर्षक क्षेत्रमा रहेको सदरमुकाम जोमसोमको शालिग्राम उद्यान पनि पर्यटकीय आकर्षणमध्येको एक हो । जोमसोम बास बस्ने वा त्यस क्षेत्रबाट यात्रा गर्ने सबै पर्यटकहरु शालिग्राम उद्यान पुग्ने गर्थे । कर्मचारी मिलन केन्द्र मुस्ताङको अगुवाईमा २०७३ सालमा निर्माण भएको उक्त शालिग्राम पार्कमा पवित्र नदी कालिगण्डकी बहाव क्षेत्रको किनारमा पाइने शालिग्रामलाई सजाएर राखिएको छ ।

मुस्ताङको तत्कालिन प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अगुवाइमा कर्मचारी मिलन केन्द्र मुस्ताङले उक्त शालिग्राम उद्यान निर्माण गरेको थियो । तत्कालिन अवस्थामा प्रमुख जिल्ला अधिकारी एवम् सबैजसो कार्यालयका कार्यालय प्रमुखहरुले नै कालिगण्डकीबाट ढुङ्गा बोकेर पार्क निर्माण कार्य अगाडि बढाइएको मिलन केन्द्र मुस्ताङका अध्यक्ष रुक्माङगत सुवेदीले बताउनुभयो । केन्द्रकै सदस्यहरुको जनश्रमबाट निर्माण भएको हुनाले पनि कर्मचारीहरुले त्यसको सुरक्षा र संरक्षणमा चासो राख्ने गरेको बताएका छन् ।

मिलन केन्द्रको अगुवाइमा शालिग्राम उद्यान निर्माणको कार्य अगाडि बढाउनेक्रममा कर्मचारीहरुले नै रकम संकलन गरेका थिए । केन्द्र मुस्ताङका अध्यक्ष सुवेदीकाअनुसार उक्त समय उद्यान निर्माणका लागि ६ लाख ७३ हजार ५ सय ९७ रुपिंयाँ खर्च लागेको शालिग्राम उद्यानको शिलालेखमै त्यसलाई सुरक्षित गरिएको छ । उद्यान निर्माण पछि बाह्य तथा आन्तरिक पर्यटकहरुलाई उद्यानले आकर्षित गर्न थालिएको अध्यक्ष सुवेदीले बताउनुभयो ।

अध्यक्ष सुवेदीले भन्नुभयो, “बाहिर जिल्ला तथा बाह्य पर्यटकहरुका लागि शालिग्राम एकै ठाउँमा धेरै हेर्न शालिग्राम उद्यान उत्कृष्ट बिकल्पको रुपमा रहेको छ ।” वर्तमान प्रजिअ श्रीनाथ पौडेलकाअनुसार अधिकांश बाहिरी जिल्लाका कर्मचारीको अग्रसरतामा निर्माण सम्पन्न भएको शालिग्राम उद्यान व्यवस्थापन एवम् त्यसको रेखदेखमा स्थानीयको लगावले सुरक्षित एवम् पर्यटकहरुका लागि पनि आकर्षणको केन्द्र बनेको छ । पहिला सामान्य अवस्थामा मुस्ताङ आउने अधिकांश पर्यटकहरु जोमसोम स्टे भएको खण्डमा शालिग्राम पार्क पनि पुगेर अन्यत्रको यात्रामा निस्कने गरेको उहाँहरुको अनुभव छ ।

अन्नपुर्ण इन होटलका सञ्चालक अमृत सुवेदीका अनुसार असोज १० बाट मुक्तिनाथ तथा कागबेनी लगायतका क्षेत्रमा पनि बाह्य तथा आन्तरिक पर्यटकहरुका लागि स्वास्थ्य मापदण्ड पुरा गरेर खुला गरिएसँगै शालिग्राम उद्यानमा पर्यटक बढ्ने अनुमान गरिएको छ ।स्रोतः गोरखापत्र

ताजा

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२०८३ आश्विन २५ गते, आईतवार

स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत

२०८३ आश्विन २४ गते, शनिबार

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित

२०८३ आश्विन २४ गते, शनिबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु

२०८३ आश्विन २३ गते, शुक्रबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal