एमालेले देशव्यापिरुपमा उथल पुथल ल्याउँछ ः नेता रायमाझी

गोपाल जिटी

वालिङ,५ असोज– नेकपा एमालेका नेता स्थायी कमिटी सदस्य एवं पूर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझीले नेकपा एमालेले देशव्यापिरुपमा उथल पुथल ल्याउने बताउनु भएको छ ।

मङ्गलबार स्याङ्जाको वालिङमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता रायमाझीले सही विचार, सही नेतृत्व, सही योजना र सही कार्यक्रमको आधारमा देश व्यापिरुपमा एमालेले उथल पुथल ल्याउने बताउनु भएको होे ।

आन्दोलनका समयमा स्याङ्जाका अधिकांश स्थानमा पुगेको स्मरण गर्दै नेता रायमाझीले आगामी निर्वाचनसम्ममा स्याङ्जा जिल्लाको कम्युनिष्ट आन्दोलनलाई शसक्त र प्रभावकारी पार्टी बनाउने उल्लेख गर्नुभयो । केन्द्रदेखि वडातहसम्म नेकपा एमालेले नतृत्व गर्नुपर्ने राष्ट्र, जनता र इतिहासको माग भएको नेता रायमाझीको भनाइ थियो । देशमा अहिले सकारात्मक र नकारात्मक दुवै बहस भैरहेको भइरहेको नेता रायमाझीले उल्लेख गर्नुभयो ।

नेता रायमाझीले भन्नुभयो, “हामी सकारात्मक पक्षको बहसमा वकालत गरिरहेका छौं, त्यसको पक्षमा अगाडि बढिरहेका छौं । सकारात्मक पक्षको स्थापित गर्न खोजिरहेका छौं, जुन सम्भव छ र हामी सक्छौं । दुनियाँमा नभएका र नकारात्मक इतिहास पनि देखा परेका छन्, आउने महाधिवेशनमा विश्वका राजनीति गर्ने व्यक्तिहरुले पनि यसको अध्ययन गर्नेछन् ।” उहाँले भन्नुभयो, “एमाले स्थापित नाम हो, यसमा कुनै विवाद र चिन्ता गर्नुपर्ने जरुरत छैन । सबैभन्दा ठूलो कुरा विचार र राजनीति हो, त्यसमा हामी ठीक छौं । हामी एकताको महान प्रकृयामा र निरन्तरतामाछौं । अरु बँचे खुचेका कम्युनिष्टहरुलाई पनि सँगै डो¥याउने छौं ।”

हिज अलि आलोकाँचो र हतारमा एकता गरिएको भन्दै अब त्यस्तो हुँदैन, परिपक्वता र योजना, विचार, कार्यक्रम, लक्ष्य र नेतृत्वको आधारमा पार्टी एकता हुने उहाँले उल्लेख गर्नुभयो । नेपालको राजनीतिक र कम्युनिष्ट आन्दोलनको मुख्य शक्तिकोरुपमा स्थापित गर्नेगरी आगामी चुनावसम्म त्यहाँसम्म पुग्ने लक्ष्य प्राप्त गर्ने समेत नेता रायमाझीको भनाई छ । प्रचण्ड प्रति लक्षित गर्दै नेता रायमाझीले भन्नुभयो आँपूmहरु पार्टी प्रवेश गरेको नभएर पार्टी एकताकै पक्षमा निरन्तर यहीँ नै छौं । त्यसैले हामी संस्थापन पक्ष हौं, उहाँहरु त भगौडा हो । हामीलाई त्यस्तो केही स्वार्थ थिएन र रहिरह्यौ. उहाँहरुको के के स्वार्थ थियो, पुगेन भाग्नुभयो । राष्ट्र, जनता, राजनीति, विचार, कार्यक्रम, देशको विकास र समृद्धिको कुरा ठुलो हो कि व्यक्तिगत स्वार्थ ठुलो हो ? उहाँहरु व्यक्तिगत स्वार्थ पूरा नभएको कारणले केही टुकडी लिएर हिड्नुभयो । उहाँहरुको पछि लागेर कहिँ पनि पुगिदैन भन्ने निष्कर्षका साथ एकतावद्ध भएर अगाडि बढिरहेको रायमाझीको भनाइ थियो ।

आजसम्म कसैले आँट गर्न नसकेको केपी ओलीको नेतृत्व र हाम्रो समर्थनमा लिपुलेक, कालापानी, लिम्पियाधुरालाई नेपालको हो भनी कार्यान्वयनमा ल्याउन पूर्वमन्त्री पद्मा अर्याल सफल भएको समेत रायमाझीले बताउनुभयो । यो गर्वको कुरा हो भन्दै यो भन्दा पहिला कसैले हिम्मत गरेको थियो ? भनी प्रश्न गर्नुभयो । यति मात्र नभएर भूकम्पले क्षत विक्षत पारेका संरचनाको पुनःनिर्माणदेखि नाकावन्दीको डटेर सामना गरेको नेता रायमाझीको भनाई छ । विकास र समृद्धिको क्षेत्रमा केपी ओली नेतृत्वले ऐतिहासिक काम गरेको अवस्थामा पार्टीभित्र रहेर व्यक्तिगत स्वार्थका कुरा लिएर प्रचण्ड र नेपाल समूहले गनगन गरेर निहुँ खोजिरहेको बताउनुभयो ।

नेता रायमाझीले यतिबेला अध्यादेश, परमादेश र जनादेशको चर्चा भैरहेको छ, देश भरिको राजनीतिलाई स्याङ्जालाई हेरे पुग्छ, हामी पार्टी एकताकै पक्षमा छौं, त्यसैले पनि आज हामी सँगैछौं तर एकता नचाहनेहरुको केही झुण्ड चोइटिएर माओवादी र समाजवादी बनेका छन् । अहिलेको गठवन्धनले ती सबै योजनालाई भत्काउने काम गरेको छ ।

ताजा

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal