कांग्रेस पूर्व सभापति गुरुङ ः एमाले प्रवेश

स्याङ्जा,६ असोज– लामो समय नेपाली कांग्रेसको राजनीतिमा सकृय रहदै आउँनुभएका नेपाली कांग्रेसका नेता कुलबहादुर गुरुङ नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

वालिङ नगरपालिका वडा नम्बर १२ कोखेका सरल अनि शान्त स्वभावका गुरुङ मंगलबार नेकपा एमाले वालिङ नगर कमिटी द्वारा आयोजित बृहत कार्यकर्ता भेलामा एमाले प्रवेश गर्नुभएको हो । उहाँलाई नेकपा एमाले स्थायी कमिटी सदस्य एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले पार्टीमा प्रवेश गराउनुभएको हो ।
तत्कालिन सिर्सेकोट गाविस हुदादेखि नै लामो समय सम्म नेपाली कांग्रेसको पार्र्टी सभापतिको रुपमा रहदै आउनुभएका कांग्रेसका विश्वासिला नेताको रुपमा पहिचान बनाउनुभएका गुरुङ एमाले प्रवेश गरे संगै नेपाली कांग्रेसलाई धक्का लागेको छ ।

२०२६ सालमाबाट विद्यार्थी राजनीतिबाट नेपाली कांग्रेसमा सकृय रुपमा लाग्दै आउँनुभएका गुरुङ कांग्रेसको आसन्न १४ औं महाधिवेशनका लागि स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ का लागि क्षेत्रिय प्रतिनिधि समेत हुनुहुन्थ्यो । वालिङ नगरपालिका १२ कोखेलाई कांग्रेसमुक्त बनाउन आफू एमाले प्रवेश गरेको गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँको विकासको लागि एमाले बाहेक अरुको विकल्प देखिएन त्यसैले एमालेमा प्रवेश गरे ।”

एमालेले जिल्लामा अयोजना गरेको पालिका स्तरिय बृहत कार्यक्रता भेला अन्तरगत पुतलीबजार नगरपालिका, चापाकोट, गल्याङ, वालिङ र कालीगण्डकी गाउँपालिकामा आयोजना गरिएको कार्यक्रममा नेपाली कांग्रेस लगायतका दलहरुबाट करिव ५ सय कार्यक्रता एमाले प्रवेश गरेको नेकपा एमाले स्याङ्जाका अध्यक्ष सूर्य प्रसाद गैह्रे (पारस)ले जानकारी दिनुभयो ।

ताजा

प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना

२०८२ बैशाख २४ गते, बुधबार

प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना

२०८२ बैशाख २४ गते, बुधबार

धर्मले समाजलाई अनुशासित बनाउँछ: पूर्व मन्त्री अर्याल

२०८२ बैशाख २३ गते, मंगलवार

पूर्वमन्त्री प्रदीप नेपालको निधन

२०८२ बैशाख २३ गते, मंगलवार

‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’

२०८२ बैशाख २१ गते, आईतवार

प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ

२०८२ बैशाख २१ गते, आईतवार

चालिसेमा महायज्ञ हुने

२०८२ बैशाख २० गते, शनिबार

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा वालिङमा स्वास्थ्य शिविर

२०८२ बैशाख २० गते, शनिबार

विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा

२०८२ बैशाख २० गते, शनिबार

यी हुन् सरकारको नीति तथा कार्यक्रममा परेका महत्त्वपूर्ण विषयहरू

२०८२ बैशाख १९ गते, शुक्रबार

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

२०८२ बैशाख १९ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal