काम गर्नेहरुलाई दिनुपर्ने तक्मा सरकारले आफ्न्तलाई बाडेयो ः बास्कोटा
वालिङ,५ असोज– नेकपा एमालेका नेता एवं पूर्व मन्त्री गोकुल बास्कोटाले वर्तमान सरकारले नेताको परिवार र आफन्तलाई तक्मा बाडेको बताउनुभएको छ ।
संविधान दिवसका अवसरमा सरकारले वितरण गरेको विभुषण तथा अलंङ्कार काम गर्नेहरुलाई दिनुपर्नेमा सरकारले नेताको पहुँचवालाई वितरण गरिएको बताउनुभयएको हो । सोबार चापाकोटमा नेकपा एमालेको कार्यक्रता भेलालाई सम्बोधन गर्दै नेता बास्कोटाले विभुषित हुनुपर्ने व्यक्ति वञ्चित भएको र नेताको घरघरमा तक्मा पुगेके बताउनुभयो ।
बास्कोटाले भन्नुभयो, “कोभिड नियन्त्रणमा अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र कर्मचारीलाई विभुषित गर्न छाडेर नेताका परिवारलाई तक्मा बाडियो यसले काम गर्ने कर्मचारीको मनोवल गिराउछ ।”
कार्यक्रममा प्रतिनिधि सभासदस्य सदस्य समेत रहनुभएका नेता बास्कोटाले ओली सरकारले जनतालाई आवश्यक खोपको व्यवस्था गरिसकेकाले देउवा सरकारले वितरण मात्रै गरेको जनतामा भ्रम सृजना गरी भुलाउने काम मात्रै गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “४२ लाख जनताको स्वास्थ्य विमा गराउने ओली सरकारप्रति जनता खुसी छन् । वर्तमान सरकारले मन्त्रीमण्डललाई पुर्णता दिन सकेको छैन् । यो सरकारबाट जनतालाई कुनै आशा छैन् ।”
कार्यक्रममा पूर्व मन्त्री पद्माकुमारी अर्यालले ओली सरकारले सुखी नेपाली समृद्ध नेपालको आधार तयार गरेकाले वर्तमान सरकारले जस लिन लागिपरेको भन्दै भ्रममा नपर्न नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । आगामी निर्वाचनमा एमाले पहिलो पार्टीको रुपमा स्थापित भएर आउने भन्दै पूर्व मन्त्री एवं नेकपा एमाले केन्द्रीय सदस्य अर्यालले ओली सरकारको कामका बारेमा जनता जानकार भएकोले निर्वाचनमा एमालेको पक्षमा जनताको जनमत प्रकट हुने बताउदै कार्यक्रतालाई पार्टीको संगठन निर्माणको कार्यमा लाग्न आग्रह गर्नुभयो । कार्यक्रमा नेपाली कांग्रेस लगायतका अन्य दल परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नेहरुलाई पूर्व मन्त्री द्वोय बास्कोटा र अर्यालले पार्टीमा स्वागत गरेको एमालेले जनाएको छ ।
ताजा
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
२०८३ आश्विन २४ गते, शनिबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार





















