पुतलीबजारमा तरकारीका ५ लाख विरुवा वितरण अभियान (फोटो फिचर)


स्याङ्जा,३ असोज– पुतलीबजार नगरपालिकामा तरकारीका ५ लाख विरुवा वितरण गर्ने अभियान सञ्चालनमा ल्याइएको छ । नगरपालिका, यूएनडिपि नेपालको आर्थिक तथा प्राविधिक सहयोग र सूर्योदय क्लब स्याङ्जाको ब्यवस्थापनमा “कोभिड(१९ उद्दार र सामाजिक आर्थिक प्रतिकार्य पहल” कार्यक्रम पुतलीबजार नगरपालिकाका १४ वटै वडाहरूमा सञ्चालनमा आएको छ ।

कोभिड १९ बाट प्रभावित समुदायको आर्थिक तथा सामाजिक स्तर माथी उठाउने प्रमुख उद्देश्य रहेको सूर्योदय क्लबका अध्यक्ष अनन्त कुमार श्रेष्ठले बताउनुभयो । यस कार्यक्रम अन्तरगत कृषि, पशु तथा उद्मशिलताका विविध क्रियाकलापहरू सञ्चालनमा रहेकाछन । पुतलीबजार नगरपालिकालाई तरकारीमा आत्मनिर्भर बनाउन एक टोल एक नर्सरी एक घर एक नर्सरी कार्यक्रम लागू गरिएको हो ।

नगरका १४ वटा वडाका २ सय ९५ टोल विकास संस्थाहरू मध्ये २ सय ८७ टोल विकास संस्थाले छनोट गरेका नर्सरी धनीलाई नर्सरी स्थापना तथा ब्यवस्थापन सम्बन्धी प्रत्येक वडामा कृषि प्राविधिकहरूद्वारा तालिम प्रदान गरिएको थियो । हरेक टोलमा नर्सरी स्थापनाका लागि बिउविजन नर्सरी पलाष्टिक निशुल्क, काउली, बन्दा, ब्रोकाउली, मुला, रायोको बिउ प्लास्टिक लगायतका सामग्रीहरु वितरण गरिएको थियो ।

अगोटे जातका तरकारीका करिव ५ लाख बेर्ना उत्पादन गरी घर घरमा वितरण गर्ने कार्यक्रम रहेको क्लवका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
नगरलाई तरकारीमा आत्मनिर्भर बनाउन बिउविजनदेखि प्राविधक सहयोग उपलब्ध गराएको नगर प्रमुख सीमा कुमारी क्षेत्रीले बताउनु भयो ।

नगरप्रमुख क्षेत्रीले भन्नुभयो, “नगरपालिका नगरवासिलाई घरयासी प्रयोजनका साथै ब्यावसायीक तरकारी खेती गरेर आर्थिक पाटोलाई सहयोग पुर्याउने योजना अनुसार काम गरिरहेकाछौ ।” यो अभियानले जागरहुने र मेहनती किसानहरुलाई उद्यमी बनाउन सहयोग पुग्ने नगरप्रमुख क्षेत्रीको भनाइ थियो ।

ताजा

test

२०८२ जेष्ठ ५ गते, सोमबार

test

२०८२ जेष्ठ ५ गते, सोमबार

प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना

२०८२ बैशाख २४ गते, बुधबार

धर्मले समाजलाई अनुशासित बनाउँछ: पूर्व मन्त्री अर्याल

२०८२ बैशाख २३ गते, मंगलवार

पूर्वमन्त्री प्रदीप नेपालको निधन

२०८२ बैशाख २३ गते, मंगलवार

‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’

२०८२ बैशाख २१ गते, आईतवार

प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ

२०८२ बैशाख २१ गते, आईतवार

चालिसेमा महायज्ञ हुने

२०८२ बैशाख २० गते, शनिबार

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा वालिङमा स्वास्थ्य शिविर

२०८२ बैशाख २० गते, शनिबार

विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा

२०८२ बैशाख २० गते, शनिबार

यी हुन् सरकारको नीति तथा कार्यक्रममा परेका महत्त्वपूर्ण विषयहरू

२०८२ बैशाख १९ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal