प्रहरी नायव उपरीक्षक अधिकारी सम्मानित

वालिङ,११ भदौ– प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारी सम्मानीत हुनुभएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत अधिकारीलाई उदाहरणीय एवं रचनात्मक शैलीमा प्रहरी कर्मचारीहरुको परिचालन गरेकोले २०७७ सालको उत्कृष्ट प्रहरीको रुपमा सम्मान गरिएको हो ।

अधिकारीलाई बिहीबार कदर पत्र सहित जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक होविन्द्र बोगटीले सम्मान गर्नुभएको हो । प्रहरी उपरीक्षक बोगटीले अधिकारीले प्रहरीले कार्यालयमा रहेर गर्नु पर्ने प्रशासनिक व्यवस्थापन, अपराध अनुसन्धान तथा नियन्त्रण लगायत फरार रहेका विभिन्न प्रतिवादीहरु पक्राउ गर्न सफल भएको बताउनुभयो ।

कार्यालय प्रमुख बोगटीले अधिकारीले कोभिड १९ नियन्त्रण एवं विभिन्न सचेतना मुलक कार्यक्रमहरु संचालन र लकडाउनको उत्कृष्ट कार्यान्वयन तथा स्थानिय निकाय, विभिन्न सरोकारवालाहरु सँग आवश्यक समन्वय गरी समाजमा शान्ति सुरक्षा कायम राख्ने कार्यमा समेत सकृय भएर लागेकोले प्रहरी कर्मचारीको मनोवल बढाउन सम्मान गरिएको बताउनुभयो ।

सम्मान कार्यक्रमले आफुलाई थप उत्साहित बनाएको र यस प्रकारका कार्यहरुलाई निरन्तरता दिन ुपर्ने सम्मानीत प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले बताउनुभयो । सोही अवसरमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान सुनिल राईलाई पनि सम्मान गरिएको छ । सूचना प्रविधी प्रशासन शाखामा कार्यरत रही कार्यालयको अभिलेख व्यवस्थापन गर्ने, कम्प्यूटरमा आएका समस्याहरु समाधान गर्दै आदेशानुसार सूचाना प्रवाह गरेकोले राईलाई सम्मान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले आफ्नो माताहतमा रहेका र कार्य सम्पादनमा उत्कृठ कर्मचारीहरुलाई बेला बेलामा सम्मान गर्दै आएको छ ।

ताजा

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal