खोज पत्रकारिता तालिम सम्पन्न
वालिङ,१२ भदौ–वालिङमा दुई दिने खोज पत्रकारिता सम्बन्धी तालिम सम्पन्न भएको छ । वालिङ नगरपालिका, शेयरकास्ट इनिसियटिभ नेपाल र एनइडीको आयोजना तथा नेपाल पत्रकार महासंघ स्याङ्जाको समन्वयमा दुई दिने खोजमूलक पत्रकारितासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
जिल्लामा कृयाशिल पत्रकारहरुको सहभागिता रहेको तालिममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष शिव गाउले र मधु आचार्यले सहजीकरण गर्नुभएको थियो ।
पत्रकार गाउलेले खोज पत्रकारिता कसरी गर्ने भन्ने विषयमा सहजीकरण गर्नुभएको थियो । पत्रकारहरुलाई खोजमूलक पत्रकारितामा थप सशक्त बनाउन पत्रकार महासंघ स्याङ्जाको समन्वयमा दुई दिने तालिम सञ्चालन गरिएको महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देलले बताउनुभयो ।
महासंघका निर्वतमान अध्यक्ष ओमप्रकाश शर्माले तालिमले व्यवसायिक पत्रकारिताका क्षेत्रमा लाग्ने पत्रकारहरुलाई उर्जा प्रदान गरेको बताउदै तालिम निकै फलदायी रहेको धारणा व्यक्त गर्नुभयो ।
ताजा
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार





















