हरिनासमा अन्य पार्टी परित्याग गरी ९५ जना एमालेमा प्रवेश


वालिङ,५ भदौ– हरिनास गाउँपालिकामा ९५ जना अन्य पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् । हरिनास ७ मा नेपाली कागे्रस, माओवादी र जनमुक्ति पार्टी परित्याग गरी ९५ जना एमालेमा प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरुले नेकपा एमालेले नै जनताको हितमा काम गरेकाले पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेको प्रतिक्रिय दिएका छन् । कार्यक्रममा गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धरले स्थानीय तहले उल्लेख्य काम गरेको भन्दै विपक्षीले प्रगति देखेर आत्तिएको बताउनुभयो । साथै उहाँले पालिकामा विकास निर्माणले गति लिएको देखेर विभिन्न ठाउँमा उजुरी दिएर जनतामा अनावश्यक भ्रम सृजना गर्न खोजिएको भन्दै आँफू जनताको सेवामा निरन्तर लागिरहने र यस्ता घटनाबाट विचलित नहुने समेत बताउनुभयो । अध्यक्ष मानन्धरले भन्नुभया,े “म तपाईहरुको सेवामा प्रतिवद्धछु पालिकाको विकास निर्माणमा सबै मिलेर काम गर्नुपर्ने छ । म हरपल पालिका बासिको साथमै हुन्छु तपाईहरु कुनै दुविधामा नपर्न समेत आग्रह गर्दछु ।”

पार्टी प्रवेश कार्यक्रममा अनेरास्वीयुका केन्द्रिय सदस्य सगुन रानाले विपक्षीलाई गाली गर्ने, अनावश्यक टिकाटिप्पणी गर्ने प्रृवत्तिको अन्य गरी सत्ता पक्ष र विपक्षीले राम्रा कार्यमा प्रतिष्पर्धा गरी जनताको सेवामा खट्नुपर्ने बताउनुभयो । कार्यक्रममा वडा अध्यक्ष केशमाया थापा, पार्टी नेता हुतबहादुर क्षेत्रि, हेमु राना, संगम शाहीलगायतले बोल्नुभएको थियो ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal