ब्यवहारिक शिक्षा अहिलेको आवश्यक्ता ः मन्त्री श्रेष्ठ
वालिङ,५ भदौ– गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले ब्यवहारिक शिक्षा अहिलेको पहिलो आवश्यकता भएको बताउनु भएको छ ।
भीरकोट नगरपालिका २ मा रहेको दहथुम माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि अनलान अफलाइनमा आधारित बैकल्पिक सिकाई सामग्री परीक्षण कार्यक्रम तथा अफलाइन मोबाइल एपको डेमो परिक्षण प्रस्तुति तथा शुभारम्भ कार्यक्रममा मन्त्री श्रेष्ठले शिक्षालाई समय अनुसार परिवर्तन गर्दै लैजानुपर्ने बताउनुभयो ।
अहिलेको शिक्षा आत्मनिर्भर एवं ब्यावसायी बनाउनुपर्ने बताउदै मन्त्री श्रेष्ठले समय भुगोल चिन्ने खालको शिक्षा हुनुपर्ने बताउनुभयो । कोरोना संक्रमणका कारण शिक्षालाई असर गरेको बताउदै मन्त्री श्रेष्ठले एक महिना भित्र गण्डकी प्रदेशका सबै सामुदायिक विद्यालयहरुमा ६ देख १० कक्षा सम्मका बिद्यालयमा अफलाइन शिक्षा लागु हुने बताउनुभयो ।
दहथुम माध्यमिक विद्यालयबाट सुरुवात गरिएको बैकल्पिक शिक्षा गाउँ सम्म पुर्याउने बताउदै शिक्षाबाट बालबालिका बञ्चित हुन नपरोस भनेर अफलाइन शिक्षाको सुरुवात गरिएको मन्त्री श्रेष्ठले बताउनुभयो ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















