चन्द्रागिरिमा नेता ओलीको अर्काे सिर्जना

प्रकाश सिलवाल

काठमाडौँ, ४ भदौ –

“इच्छुमतिको किनार, घुमेर भिराडील    
 घुम्दै आइपुगियो यता रमणीय चन्द्रागिरि हिल    
 कतै इतिहास, कतै परम्परा गौरव र पौरख    
 यहीँका डाँडाहरुका सतिदेवी काँधमा बोकेर    
 शोकमग्न शिवजी भौतारिएका थिए    
 यही चन्द्रागिरि हुँदै ३२ सय वर्ष पहिले    
 चित्लाङबाट गोपालीहरु उपत्यका पसेका थिए    
 यहीँबाट पृथ्वीनारायणले जुँगामा ताउ लगाएर    
 सुन्दर काठमाडौँलाई नियालेका थिए    
 देवकोटाले मानवताको बिगुल फुगेका थिए…    
 यही ठाउँमा अहिले फालिएको भिरलाई    
 गन्तव्य बनाएका छन् पौरखीहरुले”    
    
 चन्द्रागिरि हिल्समा पुगेपछि तीन वर्षअघि ‘सपनामा भावी सन्तती मुस्कुराएको देख्न पाउँ…’ भन्ने सन्देशको रचना सिर्जना गर्नुभएका नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज सोही स्थानमा पुगेर राष्ट्रिय एकता र समृद्धिका लागि आत्मबल बढाउने अर्काे सिर्जना गर्नुभएको छ ।    
    
 राजनीतिक विवाद र व्यस्तताका बीच पूर्वप्रधानमन्त्री ओलीले आज जेसुम अभियानले चन्द्रागिरि नगरपालिका–१५को सहयोगमा चन्द्रागिरि हिल्समा आयोजना गरेको ‘भिराडील–चन्द्रागिरि जेसुम उत्सव’ कार्यक्रमस्थलमै सो रचना गरी आफ्नो मन्तव्यको पालामा सुनाउनुभएको हो । तत्कालीन प्रधानमन्त्री ओलीले मदन भण्डारी कला साहित्य प्रतिष्ठानले २०७५ असार ३१ मा चन्द्रागिरिमै आयोजना गरेको ‘हिमवत्खण्ड कला साहित्य महोत्सवका अवसरमा पनि यही स्थानमा कविता रचना गर्नुभएको थियो । त्यसबेला उहाँले लेख्नुभएको थियो ।     
    
 “परिवर्तनशील दुनियाँमा सधैँ बाँचेको को छ र !    
 बाँचुन्जेल हो जिन्दगी मर्नु त छँदै छ ।    
 मरे पनि केही छैन त्यसपछि पनि सपना देख्न पाउँ    
 सगरमाथा, लुम्बिनी, मेची, महाकाली    
 हाम्रा लहलह खेत, बारी, झपक्क कान्ला र आलि    
 सपनामा भए पनि देख्न पाउँ    
 चन्द्रगिरिको डाँडामा आएर सपनामा    
 भावी सन्तती मुस्कुराएको देख्न पाउँ    
 तिनको हँसिलो मुहारको तस्बिर खिच्न पाउँ    
 मरे पनि केही छैन त्यसपछि पनि सपना देख्न पाउँ ।”    
    
 स्थलगतरुपमा रचना गरिएका अन्य स्रष्टाका रचना र स्थानीय कला, संस्कृति तथा समृद्धिबारे मन्तव्य सुनेपछि ओलीले आफ्नो पालोमा कविता सुनाउँदा सहभागीले तालीले सम्मान व्यक्त गरेका थिए । श्रीमती राधिका शाक्य, प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठसहित उपस्थित ओलीले विकासको सङ्कल्प प्रतिविम्बन गर्दै आधुनिकता टल्काउँदै भिरलाई गन्तव्यमा परिणत गर्न आह्वान गर्नुभयो । आफूले रचना गरेको सिर्जना कवितै नभए पनि मुक्तकभन्दा उन्मुक्त रचना भएको र गोपालप्रसाद रिमालको गद्यमार्गमा हिँडेको व्याख्या पनि उहाँले गर्नुभयो ।    
    
 उहाँले आफूले अरूका रचना सुनेपछि समृद्ध नेपालका लागि आत्मविश्वास बढेको बताउँदैै समाज निसासिएका बेला आफूले सामाजिक र राजनीतिक अभियान सुरु गर्दा सुरुङको पछिल्लो छेउमा पक्कै उज्यालो हुनुपर्छ भन्ने आशाका साथ लागेको र अहिले यस अभियानमा धेरै अभियानकर्मी भइसकेको सुनाउनुभयो ।      
 कार्यक्रममा प्रगतिशील लेखक सङ्घका अध्यक्ष डा जीवेन्द्रदेव गिरी, प्राज्ञ लक्ष्मी माली, प्राज्ञ शशी लुमुम्बु, वासुदेव अधिकारी, फूलमान बल, स्नेह सायमी, सुरेश हाँचेकाली, अनिता लामा, राजु महत, प्रशान्त डङ्गोलले कविता वाचन गर्नुभएको थियो भने नाट्यकर्मी राजन खतिवडा र सरस्वती चौधरीले नाटक प्रस्तुत गर्नुभएको थियो । रासस

ताजा

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२०८३ आश्विन २५ गते, आईतवार

स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत

२०८३ आश्विन २४ गते, शनिबार

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित

२०८३ आश्विन २४ गते, शनिबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु

२०८३ आश्विन २३ गते, शुक्रबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal