कृषिका विद्यार्थीको प्रयोगात्मक केन्द्र बन्दै रामपुर

सुशीला रेग्मी
रामपुर (पाल्पा) ५ भदौ– रोल्पाको लिवाङ नगरपालिका– २ स्थित लोकतान्त्रिक चोक निवासी कृतिका डाँगीले रामपुरलाई कृषि सिकाइ अध्ययन केन्द्रका रुपमा लिएकी छिन् ।
उनलाई रोल्पादेखि पाल्पाको रामपुर आउनजान सहज त छैन, तर आफ्नो कृषि बाली विज्ञान अध्ययनसँगै प्रयोगात्मक तालिमका लागि भने उनले रामपुरलाई नै रोजिन् । पाल्पा जिल्लामै ठूलो क्षमताको उच्च प्रविधि (हाइटेक) को तरकारी टनेलमा प्रयोगात्मक ज्ञान लिन पाइने भएपछि डाँगीले रामपुरमा नै नयाँ प्रविधि सिक्दै छिन् ।
“घर टाढा छ भन्ने मात्रै हो, यहाँ आइपुगेपछि धेरै प्रविधि सिक्न पाइएको छ, यहाँ सिकेको हासिल गरेको ज्ञान, सीप र अनुभव विश्वविद्यालय अध्ययनका लागि मात्र नभएर व्यावहारिक जीवनमा पनि उपयोगी छ, हाइटेक टनेलभित्र सबै प्रविधिको ज्ञान सीप लिने र बुझ्ने अवसर मिलेको छ”, उनले भनिन् ।
रोल्पादेखि रामपुर पुग्न सडक सहजै भएमा एक दिन लाग्छ । सार्वजनिक गाडीमा भाडा शुल्क मात्रै रु एक हजार ५०० लाग्छ । घर नजिकै अर्थात् छिमेकी जिल्ला, अन्यत्र ठाउँको तुलनामा यहाँ आफ्नो जीवनोपयोगी हुने प्रविधि र सिकाइले उनलाई धेरै सहज भएको छ ।
यस्तै प्यूठानको झिमरुक गाउँपालिका–३ ओखरकोट आलखोला घर बताउने जलजला केसीलाई पनि रामपुरमै नयाँ प्रविधिसहितको सुविधा भएको खबरले रामपुरलाई नै सिकाइ थलो बनाएकी छिन् ।
रामतुलसी मावि कृषि बाली विज्ञान तेस्रो वर्षमा अध्ययनरत केसीले विद्यालय नजिकै रहेको कृषि शाखा कार्यालयमा निर्माण भएको हाइटेक टनेलमा नयाँ प्रविधि सिक्ने अवसर पाएपछि अन्यत्र ठाउँ खोज्दै भौतारिनुपर्ने समस्या टरेको बताइन् ।
“कृषि प्रयोगात्मक अध्ययनका लागि विभिन्न ठाउँमा जानुपथ्र्यो, सबै ठाउँमा हाम्रा लागि आवश्यकपर्ने सबै सुविधा हुँदैनथ्यो, यति ठूलो क्षमताको हाइटेक अन्य जिल्लामा कमै हुन्छ, यहाँ त दैनिक नयाँ प्रविधिसँग काम गर्ने अवसर मिलेको छ”, केसीले भनिन् ।
उच्च प्रविधि (हाइटेक) को तरकारी टनेल पाल्पा जिल्लाकै सबैभन्दा ठूलो र नमूना भएकाले पनि अहिले कृषि बाली विज्ञान पढ्ने विद्यार्थीका लागि तालिम सिकाइ केन्द्र बनेको छ ।रासस
ताजा

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे
२०८१ चैत्र १२ गते, मंगलवार
प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे
२०८१ चैत्र १२ गते, मंगलवार
प्रेस चाैतारी: अबकाे गन्तव्य
२०८१ चैत्र १० गते, आईतवार
वालिङ बहुमुखी क्याम्पस स्ववियु निर्वाचनमा नेविसंघका निरज अध्यक्ष र अनेरास्ववियुकी विना सचिवमा निर्वाचित
२०८१ चैत्र ६ गते, बुधबार
वालिङ १२ गाेहाेदी बाख्रा फममा आगाेलागी
२०८१ चैत्र ५ गते, मंगलवार
प्रथम पिंक सिटी महोत्सव सम्पन्न
२०८१ चैत्र ३ गते, आईतवार
व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी
२०८१ चैत्र १ गते, शुक्रबार
पिंक सिटी महोत्सवमा सञ्चालित भलिबल प्रतियोगिताको सेमिफाइनल शनिबार हुने
२०८१ चैत्र १ गते, शुक्रबार
वालिङमा दुई उद्याेग वाणिज्य संघले मनाए हाेली
२०८१ चैत्र १ गते, शुक्रबार
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल स्याङ्जाद्वारा साहित्यकार वनवासीलाई सम्मान
२०८१ फाल्गुन २९ गते, बिहीबार