पार्टीको नाम नेकपा ‘एकीकृत समाजवादी’ राख्न माधव नेपाल पक्षको निवेदन

काठमाडौं,४ भदौ– नेकपा एमालेबाट छुट्टिएर नयाँ पार्टी गठन गरेको माधव नेपाल पक्षले पार्टीको नाम नेकपा ‘एकीकृत समाजवादी’ राख्न निर्वाचन आयोगमा निवेदन दिएको छ ।
यस अघि नेपाल पक्षले नयाँ पार्टीको नाम नेकपा एपाले(समाजवादी) राखेर आयोगमा निवेदन दिएको थियो । आयोगले एमाले पहिलेनै निर्वाचन आयोगमा दर्ता भइसकेकोले नाम फेरेर ल्याउन भनेपछि वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ नाम राखेर आयोगमा निवेदन दिएको हो ।
निर्वाचन आयोगमा आज निवेदन दर्ता भएको आयोगका प्रवक्ता राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी राखेर निवेदन दर्ता भएको हो ।
गत फागुन २३ गतेको सर्वोच्चको फैसलाले तत्कालीन नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० व्यूँताएपछि सोही नाममा अर्को दल दर्ता हुन नसक्ने निर्वाचन आयोगले जनाएको छ ।
एमालेबाट अलग हुनुभएका नेता माधवकुमार नेपाल पक्षले भदौ २ गते बुधबार अलग दल दर्ताको आवेदन आयोगमा दिएको थियो । आयोगले विहीबार मात्र दल दर्तासम्बन्धी नियमावली संशाधन गरेको थियो । नियमावली र ऐन अनुसार नाम, झण्डा र चुनाव चिन्ह दोहोरिएर राख्न नमिल्ने व्यवस्था भएकाले एउटै नाममा दल दर्ता गर्न नमिल्नेगरी आयोगले निर्णय लिने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताउनुभयो ।
ताजा

सुन्दरबजारमा आगलागी, दुईतले घर जलेर नष्ट
२०८२ जेष्ठ ३१ गते, शनिबार
सुन्दरबजारमा आगलागी, दुईतले घर जलेर नष्ट
२०८२ जेष्ठ ३१ गते, शनिबार
वालिङ बहुमुखी क्याम्पसमा एक महिने फेसन डिजाइन तालिम
२०८२ जेष्ठ ३० गते, शुक्रबार
वालिङमा सुनाैलाे हजार दिनका आमालाई पाेसिलाे झाेला
२०८२ जेष्ठ २९ गते, बिहीबार
नवग्रह मन्दिरमा भागवत वाचिका राधिका दासीद्वारा दर्शन
२०८२ जेष्ठ २९ गते, बिहीबार
‘एयर इन्डिया’को विमान दुर्घटना
२०८२ जेष्ठ २९ गते, बिहीबार
आजको मौसमः केही स्थानमा भारी वर्षा हुने
२०८२ जेष्ठ २९ गते, बिहीबार
विद्यार्थीलाई कपाल काट्ने तालिम
२०८२ जेष्ठ २९ गते, बिहीबार
चिसापानी–देउराली-बानीडाँडा सडक धमाधम कालोपत्र हुँदै
२०८२ जेष्ठ २९ गते, बिहीबार
मह र मासमा अनुदान पाएपछि तनहुँका किसान उत्साहित
२०८२ जेष्ठ २८ गते, बुधबार