पत्रकार महासंघ पाल्पाले पत्रकारको दुर्घटना बिमा गर्ने

पाल्पा,२५ साउन– नेपाल पत्रकार महासंघ पाल्पाको पत्रकारहरुको बिमा गर्ने भएको छ । आइतबार बसेको बैठकले शाखा आवद्ध पत्रकारहरुको दुर्घटना बिमा गर्ने निर्णय गरेको हो ।
शाखाको बैठकले महासंघमा आवद्ध कार्य समिति, साधारण सदस्य र कार्यालय कर्मचारीको दुर्घटना बिमा गर्ने निर्णय गरिएको शाखा अध्यक्ष रेखीराम रानाले बताउनुभयो ।
बैठकले महासंघका गतिबिधि, लेख रचना समेटिएको प्रवाह बुलेटिन प्रकाशनलाई रिन्तरता दिने निर्णय गरेको छ । नव निर्वाचित वर्तमान कार्यसमितिको आगामी तीन वर्षको कार्ययोजना निर्माणका लागि सचिव यज्ञमूर्ति तिमिल्सिनाको संयोजकत्वमा सदस्यद्धय भुवन रायमाझी र अनिल लिगल सदस्य रहने गरी कार्ययोजना निर्माण उपसमितिको गठन गर्ने निर्णय गरेको अध्यक्ष रानाले बताउनुभयो ।
बैठकले महासंघको संस्थागत विकास, सुचनाको हक लगायतका विषयमा जिल्ला स्थित स्थानीय तहसित अन्र्तक्रिया गर्ने समेत निर्णय गरेको छ ।
बैठकल महासंघको आफ्नो परिचय झल्किने वेभसाइट निर्माण गर्ने निर्णय गरेको सचिव यज्ञमूर्ति तिमिल्सिनाले जानकारी दिनुभयो । बैठकले महासंघ मार्फत अतिरिक्त क्रियाकलाप संचालनका लागि सहसचिव कृष्ण दर्नालको संयोजकत्वमा सदस्यहरु कृष्ण पोखरेल, दुर्गेस मल्ल, सुनिल कार्की र विजय पौडेल सदस्य रहने गरी अतिरिक्त क्रियाकलाप संचालन उपसमितिको गठन गर्ने निर्णय गरेको छ ।

ताजा

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे

२०८१ चैत्र १२ गते, मंगलवार

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे

२०८१ चैत्र १२ गते, मंगलवार

प्रेस चाैतारी: अबकाे गन्तव्य

२०८१ चैत्र १० गते, आईतवार

वालिङ बहुमुखी क्याम्पस स्ववियु निर्वाचनमा नेविसंघका निरज अध्यक्ष र अनेरास्ववियुकी विना सचिवमा निर्वाचित

२०८१ चैत्र ६ गते, बुधबार

वालिङ १२ गाेहाेदी बाख्रा फममा आगाेलागी

२०८१ चैत्र ५ गते, मंगलवार

प्रथम पिंक सिटी महोत्सव सम्पन्न

२०८१ चैत्र ३ गते, आईतवार

व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी

२०८१ चैत्र १ गते, शुक्रबार

पिंक सिटी महोत्सवमा सञ्चालित भलिबल प्रतियोगिताको सेमिफाइनल शनिबार हुने

२०८१ चैत्र १ गते, शुक्रबार

वालिङमा दुई उद्याेग वाणिज्य संघले मनाए हाेली

२०८१ चैत्र १ गते, शुक्रबार

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान  नेपाल स्याङ्जाद्वारा साहित्यकार वनवासीलाई सम्मान

२०८१ फाल्गुन २९ गते, बिहीबार

प्रथम पिंक सिटी महाेत्सवकाे आठाैं दिन दर्शककाे घुईचाे, भिडियाे सहित

२०८१ फाल्गुन २८ गते, बुधबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal