गरिमा विकास बैंकले किन्यो केसिएल एक्ट्यूट क्यापिटल
काठमाडौं, साउन– पछिल्लो समय आक्रामक बैकिङ गर्दैै आएको गरिमा विकास बैंककले केसिएल एक्ट्यूट क्यापिटलमा ५१ प्रतिसत लगानी थपेको छ । मर्चेन्ट बैंकिङको काम गर्ने हेतुले गरिमाले २०७५ असारमा धितोपत्र बोर्डबाट लाइसेन्स पाएको केसिएल एक्ट्यूट क्यापिटललाई किनेको हो ।
२४ करोड २० लाख चुक्ता पुँजी रहेको केसिएल एक्ट्यूट क्यापिटलमा गरिमाले १२ करोड ३९ लाख लगानी गर्ने भएको छ । केसिएल एक्ट्यूट क्यापिटलको १ साताअघि सम्पन्न साधारणसभाले गरिमालाई भित्र्याउने निर्णय पास भैसकेको क्यापिटलका अध्यक्ष दिपक पाण्डेले बताउनुभयो ।
राष्ट्रिय स्तरको विकास बैंक गरिमाले मर्चेन्ट बैंकिङको काम गर्न केसिएल एक्ट्यूट क्यापिटललाई किनेको हो । आगामी भदौ १५ गतेभित्रै गरिमा क्यापिटलको नामबाट कारोवार हुने गरिमा विकास बैंकको सीईओ गोविन्द ढकालले बताउनुभयो । आगामी दिनमा आक्रामक रुपमा बजारमा उपस्थिती जनाइ इन्भेष्टमेन्ट बैंकिङ, म्यूचुअल फण्ड र बुकबिल्डीङको काम गर्ने कम्पनीका कामु सीईओ निर्मल भट्टराईको भनाइ छ । स्रोतःअर्थ पथ
ताजा
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
२०८३ आश्विन २४ गते, शनिबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार





















