चिठ्ठा पर्‍यो भन्दै बैंकको खाता नम्वर, पासवर्ड माग्नेसँग सजग रहनू: बैंकर्स संघ

काठमाडौं, साउन– वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएनले पछिल्ला दिनमा चिठ्ठा पर्यो भन्दै सामाजिक सञ्जालमार्फत प्रलोभनमा पारेर ठग्ने कार्य बढेको भन्दै सजग रहन सबैलाई आग्रह गरेको छ। 

बैंकर्स संघले एक विज्ञप्ति जारी गर्दै कसैले चिठ्ठा परेको प्रलोभन देखाई रकम पठाउनका लागि आग्रह गरेमा त्यस्तो कार्य नगर्न सबै खाताधनीहरुलाई सुझाव दिएको हो। 

बैंकका ग्राहकले अन्जानमा आफ्नो खाता नम्वर, कार्डको पासवर्डजस्ता गोप्य विवरण अनाधिकृत रुपमा प्रवाह गर्न सक्ने भएकाले सजग हुन आग्रह गरिएको छ। 

संघले भनेको छ ‘अहिले विभिन्न सामाजिक सञ्जाल मार्फत् अनाधिकृत व्यक्तिले बैंक तथा वित्तीय संस्थाका ग्राहकलाई चिठ्ठा परेको र रकम पठाउनका लागि खाता/व्यक्तिगत विवरण माग गर्ने तथा सहयोग गर्ने बहानामा खाता नम्वर, मोबाइल नम्वर, पासवर्ड प्राप्त गरी रकमान्तर गर्ने वा गर्न लगाउने जस्ता क्रियाकलाप भइरहेको जानकारीमा आएकोले यस विषयमा सजग रही आफ्नो व्यक्तिगत/गोप्य विवरण कुनैपनि व्यक्तिसँग आदान–प्रदान नगर्न आग्रह गर्दछौं।’ साथै, विभिन्न प्रलोभन देखाएर फोन कल गर्ने, म्यासेज पठाउनेहरुसँग सजग रहन र कारोबारप्रति शंका लागेमा नजिकैको बैंक शाखामा तुरुन्त सम्पर्क गर्न संघले आग्रह गरेको छ। स्रोतः सेतोपाटी

ताजा

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२०८३ आश्विन २५ गते, आईतवार

स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत

२०८३ आश्विन २४ गते, शनिबार

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित

२०८३ आश्विन २४ गते, शनिबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु

२०८३ आश्विन २३ गते, शुक्रबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal