कोसी टप्पुमा मायापिरती गाँस्दै हात्ती

लक्ष्मीप्रसाद उपाध्याय

काठमाडौँ,२४ साउन– नेपाल घुम्न आएका भाले हात्ती (मत्ता हात्ती) कोसी टप्पुमा रहेका पोथी हात्ती (ढोई)सँग मायापिरती गाँस्दै रमाउन थालेका छन् ।
आफ्नो माउ समूह छाडेर भारतबाट नेपाल घुम्न आएका सबै भाले हात्ती कोसी टप्पुमा विगत दुई वर्षदेखि रमाइरहेका छन् । कोसी टप्पु वन्यजन्तु आरक्षका अनुसार आरक्षभित्र हाल १४ वटा भाले हात्ती घुमफिर गर्दै रमाइरहेका छन् । ती सबै भारतबाट नेपाल घुम्दैफिर्दै आएका हुन् ।
वन्यजन्तु, चराचुरुङ्गीको भौगोलिक सीमा हुँदैन । वन्यजन्तुलाई विचरण गर्न, आफ्ना पुर्खाले हिँड्ने गरेको क्षेत्र घुमफिर गर्न न पासपोर्ट चाहिन्छ, न भिसा नै लिनुपर्छ । पूर्वी नेपालको झापा हुँदै कोसी टप्पु पुग्ने हात्तीको समूह भारतको पश्चिम बङ्गालबाट आसाम हुँदै नेपाल छिर्ने गर्छन् भने पश्चिम नेपालको शुक्लाफाँटा तथा बर्दिया राष्ट्रिय निकुञ्ज भित्रिने हात्ती भारतको राजाजी नेसनल पार्क र कोरबोट नेसनल पार्क उत्तराखण्डबाट घुम्दैफिर्दै नेपाल भित्रिने गर्छन् ।

कोसी टप्पु वन्यजन्तु आरक्षको हात्तीसारमा पालिएका सबै हात्ती पोथी हुन् । पोथी हात्तीसँगको मायापिरती लगाउन भाले हात्तीको घम्साघम्सी पर्ने गर्छ । मायापिरती लगाउने थलो भने आरक्षको हात्तीसार हुने गरेको छ । जसले गर्दा बेलाबेला आरक्षका कर्मचारी र स्थानीय बासिन्दासँग जङ्गली हात्तीको जम्काभेट हुने गर्छ । मायापिरती लगाउने काममा बाधा पु¥याएको झोँकमा हात्तीको जम्काभेटमा गर्दा धेरै घटना भइसकेका छन् ।

वयस्क भएका पोथीले भालेलाई बेलाबेला बोलाउने गर्छन् । त्यतिबेला पोथी हात्तीको कराउने आवाज सधैँको भन्दा फरक हुने गर्छ । हात्तीसम्बन्धी विद्यावारिधिको शोध गर्नुभएका आरक्षका प्रमुख संरक्षण अधिकृत अशोककुमार रामले भन्नुभयो, ‘‘जङ्गलमा सबै आगन्तुक भाले हात्ती रहेका छन् । पोथीजति हात्तीसारमा हामीले पालेर राखेका छौँ । पोथी हात्ती गर्भिणी हुने बेला आएपछि वयस्क पोथीले भुइँमा सुुँड बजार्दै बेग्लै स्वरमा कराउने गर्छन् । अनि जङ्गलछेउछाउ रहेका भाले हात्ती आउने गरेका छन् ।
भाले हात्तीमध्ये सबैभन्दा बढी बदमास, रिसाहा र पोथी हात्तीप्रति लालायित हुने हात्ती ‘मकुना हात्ती’ हो । मकुनाले हात्तीसारमात्र होइन, गाउँगाउँमा पनि घुम्नेफिर्ने गरेको छ । घुम्नेफिर्नेक्रममा मकुनाले नेपालमा छ जना व्यक्तिको ज्यान लिइसकेको छ भने दर्जनौँ घर भत्काएको छ । यसले भारतसम्म गएर आठ जना व्यक्तिको ज्यान लिइसकेको छ ।

आरक्ष प्रमुख अशोक रामले भन्नुभयो, ‘‘मकुना हात्तीले पाँचवटा बच्चा जन्माइसकेको छ । तीनवटा पोथी हात्ती गर्भिणी छन् । यसै वर्ष बच्चा जन्माउने भएका छन् । ’’ हात्तीले १९ देखि २२ महिनाको अवधिमा बच्चा जन्माउने गरेको छ ।
पोथी हात्तीले १० वर्षदेखि भाले खोज्न थाल्छ । आरक्षको हात्तीसारमा रहेका सबै पोथी हात्ती वयस्क रहेका छन् । पोथी हात्तीले बढीमा ६० वर्षसम्म बच्चा पाउने गरेको विद्यावारिधिका शोधार्थी आरक्ष प्रमुख अशोक रामले जानकारी दिनुभयो ।

जङ्गलमा रहेका सबै भाले हात्ती वयस्क अवस्थाका छन् । वयस्क हात्तीले ४० वर्षसम्म गर्भाधान गर्न सक्ने अध्ययनले देखाएको छ । हाल आरक्षभित्रको उरन्ठेउलो प्रवृत्तिको मकुना हात्ती २८ देखि ३२ वर्ष उमेरको छ । आरक्षको हात्तीसारमा बाँधिएको अवस्थामा होस् वा जङ्गलमा चर्न गएको बेलामा होस् मकुना हात्ती नजिक भएका बेला अरू भाले हात्तीले पालो पाउन मुस्किल पर्ने अनुभव हात्तीका माउतेसँग रहेको छ ।
माउतेका अनुसार धेरैजसो घटना मकुना हात्तीले पोथी हात्तीलाई घेरिराखेको बेला अरू हात्ती मात्तेर बस्तीमा पसेर जथाभावी रूपमा नोक्सानी गर्ने गरेको छ । विगत दुई वर्षदेखि छवटा हात्तीले आरक्ष छाडेका थिएनन् । स्रोतः गोरखापत्र

ताजा

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal