प्रदेश मातहत रहनुपर्ने सरकारको प्रस्ताव स्थानीय तहको आपत्ति

काठमाडौं,२३ साउन– स्थानीय तहहरुले प्रदेश सरकार मातहत राख्ने संघीय सरकारको प्रस्ताव अस्वीकार गरेका छन् । गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले संघीय सत्तारुढ गठबन्धनबाट सार्वजनिक साझा न्यूनतम् कार्यक्रममा ‘स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र ल्याउन आवश्यक कार्य गर्ने’ प्रावधान राखेकोमा आपत्ति जनाएका छन् ।

आज राजधानीमा पत्रकार सम्मेलन गरेर तीनवटा संस्थाले सत्तारुढ गठबन्धनको प्रस्तावमा गम्भीर आपत्ति जनाएका हुन् । उनीहरूले जनता नजिक रहेको स्थानीय तहको संवैधानिक अधिकार जोगाउन जस्तोसुकै परिस्थितिको सामना गर्न तयार रहेको भन्दै उक्त प्रावधान तत्काल हटाउन चेतावनी दिएका छन् ।

गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष होमनारायण श्रेष्ठ, नेपाल नगरपालिका संघका अशोककुमार व्याञ्जु श्रेष्ठ र जिल्ला समन्वय समिति महासंघका अध्यक्ष सीता सुन्दासले संयुक्त विज्ञप्ति निकालेर यस्तो चेतावनी दिएका हुन् ।

नेपालको संविधानको धारा ५६ ले संघीय लोकतान्त्रिक गणतन्त्रको मूल संरचना संघ, प्रदेश र स्थानीय गरी तीन तहको हुने व्यवस्था गरेको छ । त्यसैगरी, धारा ५७ ले राज्यशक्तिको बाँडफाँट संघ, प्रदेश र स्थानीय तहले संविधानको अनुसूची ५ देखि ९ सम्म उल्लेखित अधिकार हुने प्रबन्ध गरेको छु,’ उनीहरुले भनेका छन्, ‘त्यसैगरी धारा २३२ को उपधारा १ ले संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुनेछ भन्ने व्यवस्था गरेको छ ।’

उनीहरूले संविधानको भाग १७ ले स्थानीय व्यवस्थापिका (स्थानीय सभा र जिल्ला सभा) तथा स्थानीय कार्यपालिकाको स्पष्ट व्यवस्था गरेको जनाएका छन् । त्यहीकारण संवैधानिक प्रावधानबमोजिम कुनै पनि तहको सरकार एकअर्काको क्षेत्राधिकारभित्र नरही संविधानको मातहतमा रहने व्यवस्था रहेको तर्क उनीहरूको छ ।

उनीहरूले अहिलेसम्म संघीयतापछि सबैभन्दा प्रभावकारी स्थानीय तह नै सावित भएको बताएका छन् । ‘स्थानीय तहको पुनर्संरचनापछि भएको निर्वाचनबाट आएका जनप्रतिनिधिको पहिलो कार्यकालको कार्यसम्पादनको प्रभावकारिताबारे आम जनसमुदाय जानकार छन्’, उनीहरूले भनेका छन्, ‘संविधानको अनुसूची ५ मा संघीय सरकारको जिम्मेवारीभित्र रहे पनि कोभिड९१९ को महाविपत्ति स्थानीय सरकारले खेलेको भूमिकाले यसको सान्दर्भिकता झनै बढाएको छ । सुदृढ स्थानीय स्वायत्त शासन लोकतन्त्रको मेरुदण्ड हो । लोकतन्त्रको जगको रूपमा रहेको स्थानीय शासन प्रणालीको सुदृढीकरणबाट मात्र संघीय लोकतान्त्रिक गणतन्त्रको सवलीकरण हुने विश्वास गर्न सकिन्छ ।’

पत्रकार सम्मेलनमा बोल्दै नेपाल नगरपालिका संघका अशोककुमार व्याञ्जु श्रेष्ठले नेपालमा स्थानीय स्वायत्त शासनको अभ्यासको इतिहास धेरै लामो रहेको बताउनुभयो । उहाँलेइतिहासमा विगतका विभिन्न शासनकालमा समेत स्थानीय तहमा स्वायत्तताको अभ्यास हुँदै आएको उल्लेख गर्नुभयो।

उहाँले स्थानीय तहलाई प्रदेश मातहतमा राख्नेगरी प्रावधान अथवा कार्यक्रम ल्याइनु असंवैधानिक र गलत भएको बताउँदै तत्काल उक्त कदम सच्याउन सत्तापक्षीय गठबन्धनलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष होमनारायण श्रेष्ठले कुनै एक तहको सरकारको कार्यसम्पादनमा प्रभावकारिता नआउँदा स्थानीय तह नै विघटन गर्ने मनसायले यस्तो कार्यक्रम ल्याइएको दाबी गर्नुभयो।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति महासंघका अध्यक्ष सीता सुन्दासले सरकारमा सहभागी तीन राजनीतिक दलको साझा कार्यक्रमका रुपमा ल्याएको उक्त प्रावधानलाई तत्काल हटाउन माग गर्नुभयो ।

ताजा

याक र चौरीलाई लेक लगिँदै

२०८३ बैशाख २८ गते, सोमबार

याक र चौरीलाई लेक लगिँदै

२०८३ बैशाख २८ गते, सोमबार

एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ बैशाख २८ गते, सोमबार

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

२०८३ बैशाख २८ गते, सोमबार

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्‍याली

२०८३ बैशाख २० गते, आईतवार

डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती

२०८३ बैशाख २० गते, आईतवार

एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

२०८३ बैशाख २० गते, आईतवार

आजको मौसमः केही स्थानमा मध्यम वर्षा र हिमपात हुने

२०८३ बैशाख २० गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal