पुर्व मन्त्री अर्यालद्वारा केही सञ्चार माध्ययममा आएको समाचार प्रति ध्यानाकर्षण, प्रमाणित गरेर देखाउन चुनौती
फाइल तस्वीरः
स्याङ्जा,१९ साउन– पुर्व मन्त्री मद्माकुमारी अर्यालले केही सञ्चार माध्ययमा आफुलाई जोडेर समाचार प्रकाशन भएकोमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताउनुभएको छ ।
पुर्व मन्त्री एवं नेकपा एमाले केन्द्रीय सदस्य समेत रहनुभएकी अर्यालले आफु भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा रहँदा झापाको गिरिबन्धु टि स्टेटको फायल सम्बन्धि कुनै निर्णय नगरेको बताउदै प्रमाणित गर्न चुनौती समेत दिनुभएको छ । पुर्व मन्त्री अर्यालले भन्नुभयो, “राजनीतिक रुपमा बैचारिक मतभेदका कारण कसैलाई सिध्याउने उद्देश्य राखेर तथ्यहिन समाचार सम्प्रेषण गर्नेहरुलाई मैले निर्णय गरेको या हस्ताक्षर गरेको प्रमाणीत गरेर देखाउन म चुनौती दिन चाहान्छु ।”
अर्यालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, यस्ता गैरजिम्मेवार मिथ्या र कपोलकल्पित समाचार प्रकाशन गरी मेरो राजनीतिक र सामाजिक जीवन समाप्त पार्न सक्छु भन्ने कसैलाई लागेको छ भने त्यो दिवा सपना हुनेछ । भौतिक रुपमा यो धर्तीमा रहँदासम्म देश र जनताप्रति समर्पित रहनेछु तर धोका दिने छैन ।
नियम र कानून भन्दा बिपरित कुनै पनि अनुचित कार्यबाट एक रुपैयाँ पनि राज्यबाट बढी नलिएको र यो आफ्नो दृढ संकल्प भएको समेत बताउनुभएको छ । साथै पुर्व मन्त्री अर्यालले सम्पुर्ण शुभचिन्तकहरुलाई कुनै भ्रममा नपर्न समेत आग्रह गर्नुभएको छ ।
ताजा
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार
वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
२०८३ आश्विन १ गते, बिहीबार





















