पुर्व मन्त्री अर्यालद्वारा केही सञ्चार माध्ययममा आएको समाचार प्रति ध्यानाकर्षण, प्रमाणित गरेर देखाउन चुनौती

फाइल तस्वीरः
स्याङ्जा,१९ साउन– पुर्व मन्त्री मद्माकुमारी अर्यालले केही सञ्चार माध्ययमा आफुलाई जोडेर समाचार प्रकाशन भएकोमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताउनुभएको छ ।

पुर्व मन्त्री एवं नेकपा एमाले केन्द्रीय सदस्य समेत रहनुभएकी अर्यालले आफु भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा रहँदा झापाको गिरिबन्धु टि स्टेटको फायल सम्बन्धि कुनै निर्णय नगरेको बताउदै प्रमाणित गर्न चुनौती समेत दिनुभएको छ । पुर्व मन्त्री अर्यालले भन्नुभयो, “राजनीतिक रुपमा बैचारिक मतभेदका कारण कसैलाई सिध्याउने उद्देश्य राखेर तथ्यहिन समाचार सम्प्रेषण गर्नेहरुलाई मैले निर्णय गरेको या हस्ताक्षर गरेको प्रमाणीत गरेर देखाउन म चुनौती दिन चाहान्छु ।”

अर्यालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, यस्ता गैरजिम्मेवार मिथ्या र कपोलकल्पित समाचार प्रकाशन गरी मेरो राजनीतिक र सामाजिक जीवन समाप्त पार्न सक्छु भन्ने कसैलाई लागेको छ भने त्यो दिवा सपना हुनेछ । भौतिक रुपमा यो धर्तीमा रहँदासम्म देश र जनताप्रति समर्पित रहनेछु तर धोका दिने छैन ।
नियम र कानून भन्दा बिपरित कुनै पनि अनुचित कार्यबाट एक रुपैयाँ पनि राज्यबाट बढी नलिएको र यो आफ्नो दृढ संकल्प भएको समेत बताउनुभएको छ । साथै पुर्व मन्त्री अर्यालले सम्पुर्ण शुभचिन्तकहरुलाई कुनै भ्रममा नपर्न समेत आग्रह गर्नुभएको छ ।

ताजा

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२०८३ आश्विन २५ गते, आईतवार

स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत

२०८३ आश्विन २४ गते, शनिबार

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित

२०८३ आश्विन २४ गते, शनिबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु

२०८३ आश्विन २३ गते, शुक्रबार

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि

२०८३ आश्विन २२ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal