एसएसबीले तुइन काटेर वेपत्ता भएका जयसिंह धामीका बारेमा समाचार नलेख्न सरकारको आदेश
काठमाडौँ,१७ साउन– सरकारले एसएसबीले तुइन काटेर नदीमा वेपत्ता पारेका नेपाली नागरिक जयसिंह धामीको बारेमा समाचार नलेख्न निर्देशन दिएको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै तथ्य नै सार्वजनिक नभएको जनाएको छ । उसले तथ्य अनुसन्धानका लागि टोली घटनास्थल गएको बताउँदै तत्काल केही पनि मन्त्रालयको समाचारले भ्रम सिर्जना हुने भन्दै छानविन सकेपछि मात्र समाचार लेख्न अनुरोध गरेको छ ।
एक जना नागरिकको ज्यान लिनेगरी भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटेर नदीमा खसालेर हत्या गर्दा पनि सरकार भने उल्टै भारतीयको बचाउमा देखिएको छ । यसअघि जिल्ला प्रशासन कार्यालय दार्चुलाले निकालेको विज्ञप्तिमा प्रकाशित समाचारहरूप्रति आपत्ति जनाइएकोमात्र छैन घुमाउरो भाषामा धम्की समेत दिइएको छ । मन्त्रालयको विज्ञप्ति पनि त्यस्तै छ ।
प्रत्यक्षदर्शीले एसएसबीले तुइन काटेर महाकालीमा बेपत्ता बनाएको बयान दिइरहेको र भिडियोसमेत आइसकेको अवस्थामा भारतकै बचाउमा सरकार लाग्नुले शंका उत्पन्न भएको छ । तुइन प्रकरण प्रत्यक्षदर्शीहरुको बयान तारन्तार सञ्चारमाध्यम मार्फत सार्वजनिक भएकै छन । पीडित पक्षले नेपाली मात्र होइन, भारतीय प्रशासनमा पनि घटना छानबिन र दोषी उपर कारवाहीको माग राख्दै निवेदन दिएका छ्न । दैनिकी
ताजा
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा
२०८३ बैशाख ९ गते, बुधबार
आज मातातीर्थ औँसी
२०८३ बैशाख ४ गते, शुक्रबार
वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वगृहमन्त्री रमेश लेखक रिहा
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
२०८२ चैत्र २६ गते, बिहीबार
लेबनान आक्रमणले युद्धविराम सङ्कटमा
२०८२ चैत्र २६ गते, बिहीबार
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
२०८२ चैत्र २६ गते, बिहीबार
पोखरा सभागृहचोकमा महिलाको हत्या
२०८२ चैत्र २६ गते, बिहीबार






















