एसएसबीले तुइन काटेर वेपत्ता भएका जयसिंह धामीका बारेमा समाचार नलेख्न सरकारको आदेश
काठमाडौँ,१७ साउन– सरकारले एसएसबीले तुइन काटेर नदीमा वेपत्ता पारेका नेपाली नागरिक जयसिंह धामीको बारेमा समाचार नलेख्न निर्देशन दिएको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै तथ्य नै सार्वजनिक नभएको जनाएको छ । उसले तथ्य अनुसन्धानका लागि टोली घटनास्थल गएको बताउँदै तत्काल केही पनि मन्त्रालयको समाचारले भ्रम सिर्जना हुने भन्दै छानविन सकेपछि मात्र समाचार लेख्न अनुरोध गरेको छ ।
एक जना नागरिकको ज्यान लिनेगरी भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटेर नदीमा खसालेर हत्या गर्दा पनि सरकार भने उल्टै भारतीयको बचाउमा देखिएको छ । यसअघि जिल्ला प्रशासन कार्यालय दार्चुलाले निकालेको विज्ञप्तिमा प्रकाशित समाचारहरूप्रति आपत्ति जनाइएकोमात्र छैन घुमाउरो भाषामा धम्की समेत दिइएको छ । मन्त्रालयको विज्ञप्ति पनि त्यस्तै छ ।
प्रत्यक्षदर्शीले एसएसबीले तुइन काटेर महाकालीमा बेपत्ता बनाएको बयान दिइरहेको र भिडियोसमेत आइसकेको अवस्थामा भारतकै बचाउमा सरकार लाग्नुले शंका उत्पन्न भएको छ । तुइन प्रकरण प्रत्यक्षदर्शीहरुको बयान तारन्तार सञ्चारमाध्यम मार्फत सार्वजनिक भएकै छन । पीडित पक्षले नेपाली मात्र होइन, भारतीय प्रशासनमा पनि घटना छानबिन र दोषी उपर कारवाहीको माग राख्दै निवेदन दिएका छ्न । दैनिकी
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार






















