कालीगण्डकी गाउँपालिका र नेपाल विद्युत प्राधिकरण स्याङ्जा बिच सम्झौता


मिर्मी,२१ असार– कालीगण्डकी गाउँपालिका र नेपाल विद्युत प्राधिकरण बिच सम्झौता भएको छ । कालीगण्डकी गाउँपालिकाले पालिका भीत्र रहेका स्थानीय बासिन्दाको न्यूनतम विद्युत महसुल तिरिदिने निर्णय गरे संगै गाउँपालिका र विद्युत प्रधिकरण बिच सम्झौता पत्रमा हस्तक्षर सहित सम्झौता पत्र आदानप्रदान गरिएको छ ।
गाउँपालिकाले तीन महिनाको ४५ सय ४७ घर धुरीको न्यूनतम विद्युत महसुल बराबरको रकम रु ४ लाख १० हजार रुपैयाँ विद्युत प्रधिकरणलाई हस्तान्तरण गरेको विद्युत प्राधिकरण स्याङ्जाका प्रमुख दिलिप मरासिनीले बताउनुभयो । वैशाख, जेठ र असार महिनाको प्रत्येक ग्राहकको मासिक ३० रुपैयाँका दरले पहिलो किस्ता प्राधिकरणमा जम्मा भएको र प्रत्ये ६÷६ महिनामा गाउँपालिकाले प्राधिकरणलाई रकम उपलब्ध गराउने सहमति भएको प्राधिकरणका लेखाप्रमुख विष्णुप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

गाउँपालिकाले पालिका बासिलाई विद्युतबाल्न कुनै समस्या नहोस भनेर गाउँपालिका बासिको न्यूनतम विद्युत महसुल गाउँपालिकाले तिरिदिने निर्णय भएअनुसार गाउँपालिका र नेपाल विद्युत प्राधिकरण स्याङ्जा बिच सहमति भएर कार्यान्वयनमा आएको गाउँपालिका अध्यक्ष खिम बहादुर थापाले बताउनुभयो । गाउँपालिका आफैले विद्युत महसुल तिरेर निशुल्क बत्ति बाल्ने ब्यवस्था मिलाइदिएपछि पालिका बासि उत्साहित भएकाछन् ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal