कालीगण्डकी गाउँपालिका र नेपाल विद्युत प्राधिकरण स्याङ्जा बिच सम्झौता
मिर्मी,२१ असार– कालीगण्डकी गाउँपालिका र नेपाल विद्युत प्राधिकरण बिच सम्झौता भएको छ । कालीगण्डकी गाउँपालिकाले पालिका भीत्र रहेका स्थानीय बासिन्दाको न्यूनतम विद्युत महसुल तिरिदिने निर्णय गरे संगै गाउँपालिका र विद्युत प्रधिकरण बिच सम्झौता पत्रमा हस्तक्षर सहित सम्झौता पत्र आदानप्रदान गरिएको छ ।
गाउँपालिकाले तीन महिनाको ४५ सय ४७ घर धुरीको न्यूनतम विद्युत महसुल बराबरको रकम रु ४ लाख १० हजार रुपैयाँ विद्युत प्रधिकरणलाई हस्तान्तरण गरेको विद्युत प्राधिकरण स्याङ्जाका प्रमुख दिलिप मरासिनीले बताउनुभयो । वैशाख, जेठ र असार महिनाको प्रत्येक ग्राहकको मासिक ३० रुपैयाँका दरले पहिलो किस्ता प्राधिकरणमा जम्मा भएको र प्रत्ये ६÷६ महिनामा गाउँपालिकाले प्राधिकरणलाई रकम उपलब्ध गराउने सहमति भएको प्राधिकरणका लेखाप्रमुख विष्णुप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
गाउँपालिकाले पालिका बासिलाई विद्युतबाल्न कुनै समस्या नहोस भनेर गाउँपालिका बासिको न्यूनतम विद्युत महसुल गाउँपालिकाले तिरिदिने निर्णय भएअनुसार गाउँपालिका र नेपाल विद्युत प्राधिकरण स्याङ्जा बिच सहमति भएर कार्यान्वयनमा आएको गाउँपालिका अध्यक्ष खिम बहादुर थापाले बताउनुभयो । गाउँपालिका आफैले विद्युत महसुल तिरेर निशुल्क बत्ति बाल्ने ब्यवस्था मिलाइदिएपछि पालिका बासि उत्साहित भएकाछन् ।
ताजा
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार






















