विवादित बन्यो मुख्यमन्त्री पोखरेलको शिलन्यास, मुख्यमन्त्री संघियताको विरुद्धमा लाग्नुभयो गाउँपालिका अध्यक्ष पौडेल

फाइल तस्विरः मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल

स्याङ्जा,२१ असार– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शनिबार शिलान्यास गरेको आँधीखोला गाउँपालिका ५ सेतिदोभानमा रहेका अस्पताल विवादमा परेको छ ।
गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले एक प्रेस विज्ञप्ति राजरी गर्दै गाउँपालिकाको स्वामित्वमा रहेको अस्पताल शिलान्यास कार्यक्रममा गाउँपालिकाले नै खबर नपाउनु संघीय लोकतान्त्रीक प्रणालीको ठाडो उल्लघंनका साथै स्थानीय पालिका प्रतिको निर्मम हस्तक्षेप भएको हुदा यस्ता कामकारबाहीले मुख्यमन्त्री पदको ओजपूर्ण गरिमामा आँच आउन सक्ने बताउदै उक्त कृयाकलाप र कार्यशैलीलाई स्थानीय सरकारबाट कुनै पनि रुपमा स्वीकार गर्न नसकिने बताउनुभएको छ । गाउँपालिका अध्यक्ष पौडेलले एक प्रेस विज्ञप्ति जारी गर्दै गाउँपालिकाको गम्भिरध्यानाकर्षण भएको जनाउनुभएको छ ।

आँधीखोला विकास तथा स्वच्छता समूहले २०७६ जेठ १४ मा आँधीखोला गाउँपालिकालाई पत्र लेखेर आँधीखोला समुदायीक अस्पताललाई आँधीखोला गाउँपालिका स्तरिय अस्पतालको रुपमा सञ्चालन गर्न संस्थाको कार्यसमितिको बैठकको निर्णय सहित गाउँपालिकालाई अनुरोध गरेको र गाउँपालिकाले कार्यपालिकाको बंठक बसेर ६ नम्ब। वडाका वडा अध्यक्षको संयोजकत्वमा ३ सदसिय सहजिकरण समिति गठन गरी कार्यादेश बमोजिम गठित समितिबाट गाउँपालिकाले ग्रहण गर्न सक्ने प्रतिवेदज पेशभएको र सोही संस्थाको ०७६ पुस ३ गतेको पत्र बमोजिम आँधीखोला गाउँपालिका ५ (साविक सेतिदोभान गाविस ३) कित्ता नम्बर १२७४, २६२६, २६२४, २२९३, १२७५, १२५२, १२६५ र २६२५ समेतको कुल क्षेत्रफल ६ रोपनी ५ आना २ पैशा १ दाम जग्गा र उक्त जग्गामा निर्मित भवन र भवनभित्र रहेका मेसिनरी औजार समेत सेतिदोभान स्वास्थ्यचौकीलाई निशुल्क हस्तान्तरण गर्ने उक्त संस्थाको ०७६ मंसिर २८ गतेको बसेको साधारण सभाको निर्णय अनुसार आँखोला गाउँपालिकाको कार्यालयमा पत्राचार भएको तथ्य सबैमा अनुरोध गर्दछु गाउँपालिका अध्यक्ष पौडेल दुवारा हस्ताक्षरीत विज्ञप्तिमा भनिएको छ ।
गाउँपालिकाको ४३ औं कार्यपालिकाको बैंठकबाट आँधीखोला विकास तथा स्वच्छता समूहबाट सञ्चालित सामुदायीक अस्पतालको सम्पूर्ण स्वामित्व ग्रहण गर्र्दै ०७७ असार ९ गते मालपोत कार्यालय स्याङ्जाबाट सेतिदोभान स्वास्थ्य चौकीको नाममा जग्गाधनी प्रमाणपूर्जाका रुपमा स्रेस्ता कायम भइआएको गाउँपालिकाले जनाएको छ ।
जग्गा प्राप्ती संगै स्वास्थ्य चौकीलाई स्तरउन्नती गरी १५ शैयाको प्राथमिक अस्पतालका रुपमा अगाडी बढाउनको लागि बिभिन्न निकाय संग समन्वय गरेर भवन निर्माणको कार्य अगाडी बढिरहेको र १५ शैयाको प्राथमिक अस्पतालको सम्पूण जिम्मेवारी नेपालको संविधान २०७२ को अनुसूची ८ को ९ बमोजिम आधारभूत स्वास्थ्य र सरसफाइ स्थानीय तहको अधिकार सूचिमा रहेको हुँदा आँधीखोला गाउँपालिकाको कार्यक्षेत्रभित्रको विषय रहेको र कानून प्रद्धतअधिकार बमोजिम हस्तान्तरित जग्गा र सो जग्गाले चर्चेको जग्गाभित्र निर्माण सम्पन्न भवन, निर्माणधिन भवन समेत आँधीखोला गाउँपालिकाको सम्पत्तिको रुपमा रहेको छ विज्ञप्तिमा भनिएको छ ।

आँधीखोला विकास तथा स्वच्छता समूहले आँधीखोला सामुदायिक अस्पताल निर्माणमा गरेको विगतको उपलब्धिलाई उच्च प्रशंसा गर्दै आएको र संस्थागत रूपमा सम्पूर्ण जिम्मेवारी आँधीखोला गाउँपालिकामा हस्तान्तरण गरिसकेको अवस्थामा शिलान्यास जस्तो औपचारिक कार्यक्रम गर्ने दायित्व र कर्तव्य आँधीखोला गाउँपालिकाको हुने कानूनी प्रावधान विपरीत संविधानप्रदत्त अधिकारलाई कुण्ठित गर्ने दुराशा पूर्ण मनसायबाट प्रेरित रहि मिति २०७८÷०३÷१९ गते आँधीखोला गाउँपालिकाको वडा नं ५ मा अवस्थित १५ शैयाको प्राथमिक अस्पताल निर्माणको क्रममा रहेको भवनको शिलान्यास गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलबाट गराइएको प्रति नेपालको संविधान प्रद्धत अधिकारबमोजिम एक शासकीय तहको प्रमुखको हैसियतमा गम्भीर ध्यानाकर्षण भएको गाउँपालिका अध्यक्ष पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

मुख्यमन्त्री जस्तो ओज पूर्ण संस्थाको प्रमुखलाई आँधीखोला गाउँपालिकामा हार्दिक स्वागत गर्न पाउनु हाम्रो पनि कर्तव्य ठानेका थियौ । संघीय लोकतान्त्रिक गणतन्त्रबाट राज्यशक्तिको प्रयोग गर्ने एक सरकारको रूपमा रहेको स्थानीय तह र सो संस्थाका जिम्मेवार पदाधिकारीलाई समेत कुनै जानकारी बिना नै केही व्यक्तिहरूको उक्साहटमा लागि संघीय सरकारको लगानी र स्थानीय सरकारको प्रत्यक्ष रेखदेख र नियन्त्रणमा रही निर्माण भइरहेको संस्थामा स्वामित्व हस्तान्तरण गरिसकेको आँधीखोला विकास तथा स्वच्छता समूहले शिलान्यास जस्तो गरिमामय कार्यक्रम आयोजना गरिनु र सो कार्यक्रममा प्रदेश सरकारको प्रमुखको प्रमुख आतिथ्यता ग्रहणका लागि उपस्थित गराइनु सम्मानित पदको गरिमालाई विवादित बनाउने प्रयास भएको बताइएको छ ।

सरोकारवालासँगको समन्वय र सहकार्य बिना नै मुख्यमन्त्रीले सहभागीता जनाउनुले संघीय लोकतान्त्रिक प्रणालीप्रतिको ठाडो उल्लघंन र स्थानीय पालिकाप्रतिको निर्मम हस्तक्षेप भएको गाउँपालिका अध्यक्ष पौडेलद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

ताजा

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal