बीउ जोगाउनै गार्हो भयो!
विश्व पौडेल
सह गयो किसानको
जिउ जोगाउनै गाह्रो भयो !!
बथानहरू खेत छिरे
बीउ जोगाउनै गार्हो भयो !!
के रोप्नु खै जराकाटि
बिउकै माला लाउन थाले
सुटबुट लगाउदै एकछिन् खेतमा आउन थाले !
रोप्नु पर्ने धानको बिउको लाउन थाले माला
किसानले लाज माने देख्दा यस्तो चाला !
पजेरोमा हुईकिएर एक छिन हलो च्याप्छन्
फेसबुकमै फुटो हाल्न अनि हिलो छ्याप्छन् !
अरबौको धान किन्ने कृषि प्रधान देश
देखाउनलाई यस्तो जात्रा नगरेकै बेश !
हेर्दै जाँउ भोलि पर्सि कस्ता दिन आउनि होलान्
जुत्ता पसल उद्घाटनमा के को माला लाउनि होलान् ?
खेतको बीउ उखेलेर गमलामा छर्नि अरे
मुर्दाघरको उद्घाटन त आफै मरि गर्नि अरे !
कोहि रोप्छन् गमलामा कोहिले उता सडक भरि,
मंसिरमा भित्राउछन् बिहारबा टडक भरि !
खेतको फाँट देखे पछि चिरा पारि चिर्नेहरू
तिनै हुन्छन् सर्वोत्कृष्ट कृषक बिल्ला भिर्नेहरू
हाम्रो देश यसै हो र भा को हजुर काम नलाउने,
यस्ता त छन् नेपालमा, कृषि क्रान्ति चलाउने !!!!!
दहिचिउरे दिनको दहिचिउरे शुभकामना !!!
ताजा
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
२०८३ आश्विन २४ गते, शनिबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार





















