कालीगण्डकी गाउँपालिकाद्वारा बजेट सार्वजनिक, निशुल्क स्वास्थ्य बिमादेखि कृषकलाई पेन्सन सम्म

स्याङ्जा,११ असार– कालीगण्डकी गाउँपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को लागि नवौ गाउँसभा मार्फत ५५ करोड ३८ लाख ८२ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले नवांै गाउँसभा मार्फत आर्थिक वर्ष २०७८÷०७९ को लागि पालिका उपाध्यक्ष साबित्रा कोइरालाद्वारा प्रस्तुत बजेट सर्वसम्मत रुपमा पारित भएको हो । नवौं गाँउसभामा प्रस्तुत गरिएको बजेट अन्तरगत चालू तर्फ ३२ करोड ९२ लाख ८० हवार, पूँजीगत तर्फ २२ करोड ४६ लाख २ हजार र शसर्त तर्फ २६ करोड ४३ लाख रहेको छ ।

गाउँपालिका बासि जनताको स्वास्थ्यलाई मध्यनजर गरेर सबै पालिका बासिको निशुल्क स्वास्थ्य बिमा गरिने कार्यक्रमलाई बजेटमा समेटिएको बताउदै गाउँपालिका अध्यक्ष खिम बहादुर थापाले बहुप्राविधिक शिद्यालयको स्थापनाको लागि समेत बजेटमा समेटिएको बताउनुभयो । अध्यक्ष थापाले भन्नुभयो,“स्वास्थ्य र शिक्षा नै गाउँपालिको पहिलो प्रथमिकता हो सोही अनुसार नीति नियम बनाएर बजेटको व्यवस्था गरिएकोछ । यसले पक्कै पनि पालिका बासिलाई ठुलो सहयोग पुग्छ ।” देशैभरका पालिकाहरु मध्ये पहिलो पटक कालीगण्डकी गाउँपालिकाले बजेट मार्फत सबै पालिका बासिको निशुल्क स्वास्थ्य बिमा गर्ने गरी कार्यक्रम ल्याएको अध्यक्ष थापाले बताउनुभयो ।
अध्यक्ष संग निशुल्क औषधी कार्यक्रम समेत सञ्चालन गरिने गाउँपालिका अध्यक्ष थापाले जानकारी दिनुभयो । गाउँपालिकाले यस अघि वैशाखमै पालिका भित्रका बासिन्दालाई मासिक न्युनतम २० युनित सम्मको विद्युत महशुल निशुल्क गरिसकेको छ भने गाउँपालिकाले नवांै गाउँसभा मार्फत आर्थिक वर्ष २०७८÷०७९ को लागि निशुल्क स्वास्थ्य बिमा गरिदिने भएपछि पालिका बासि उत्साहित भएकाछन् । गाउँपालिकाले बजेट मार्फत बालविकास शिक्षक र कर्मचारीको न्युनतम तलब रु १५ हजार पुर्याउने भएको छ । नेपाल सरकारको निर्णय अनुसार नीतितथा कार्यक्रममा समेटदै बजेटमै व्यवस्था गरेको हो ।

बजेट मार्फत गाउँपालिका बासि कृषकहरुको लागि पेन्सन कार्यक्रम ल्याइएको र कार्यविधि बनाएर यसलाई कार्यानवयनमा ल्याइने गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेश ज्ञावलीले बताउनुभयो । भूमि बैंंको स्थापना गरेर काम अगाडी बढाएको जानकारी दिदै प्रशासकिय प्रमुख ज्ञावलीले किसानको वर्गीकरण गरेर उत्पादनको आधारमा पेन्सन दिइने समेत जानकारी दिनुभयो ।
पालिका बासिको निशुल्क स्वास्थ्य विमाको लागि गाउँपालिकाले रु १ करोड ५० लाख रकम विनियोजन गरेको छ भने भूमि बैंकको लागि रु १० लाख, सबै वडामा हाइटेक नर्सरीको लागि रु १० लाख शिक्षक प्रोत्साहन गोल्डेन हेनचेकको लागि रु ३० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरिएको बजेटमा वडा स्तरीय आयोजनाका लागि २ करोड ४५ लाख र २९ करोड ५० लाख ८२ हजार पालिका स्तरीय तथा पालिका गौरवका लागि छुट्याइएको कालीगण्डकी गाउँपालिकाकी उपाध्यक्ष सावित्रा कोइरालाले बताउनुभयो ।
गाउँपालिकाद्वारा सार्वजनिक गरिएको बजेटले स्वास्थ्यका, शिक्षा, सडक, खानेपानी, कृषि तथा क्षेत्रलाई प्राथमिकता राखेको छ । यो आर्थिक वर्षमा मिर्मी भुष्टुङ रुद्रबेणी सडक खण्ड कालोपत्रे हुने बताइएको छ भने मालुङ्गा बेल्टारी (वारि चौर( रिडी( शालिग्राम लोक मार्ग र छाप दब्छे सुलसुले वैघा सडकको निर्माण कार्य सम्पन्न हुने भएको छ । गाउँपालिकाले कोरोना संक्रमितको निशुल्क उपचार सबै विद्यालयहरुमा इन्टरनेटको पहुच पुर्याउनुका साथै कृषक पेन्सन कार्यक्रमको समेत सुरु गर्ने गाउँपालिकाले जनाएको छ ।

ताजा

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२०८३ आश्विन २५ गते, आईतवार

स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत

२०८३ आश्विन २४ गते, शनिबार

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित

२०८३ आश्विन २४ गते, शनिबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु

२०८३ आश्विन २३ गते, शुक्रबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal