आँधीखोला गाउँपालिकाद्वारा ४५ करोडको बजेट प्रस्तुत

रोशन लामिछाने
स्याङ्जा,११ असार– आँधीखोला गाउँपालिकाले आर्थिक वर्ष २०७८।०७९ को बजेट प्रस्तुत गरेको छ । गाउँपालिका उपाध्यक्ष शर्मिला देवी पौडेलले ४५ करोड १६ लाख १ हजार बराबरको बजेट गाउँसभामा पेस गर्नुभएको हो । गाउँपालिकाले प्रस्तुत गरेको बजेटमा भौतिक पूर्वाधारको विकास, कोरोना महामारीको रोकथाम, नियन्त्रण, उपचार तथा क्वारिन्टिनको व्यवस्थापनका साथै रोजगार विहीन नागरिकहरूलाई लक्षित गरी रोजगार, कृषि र पर्यटनलाई आर्थिक वर्ष २०७८।०७९ को बजेटमा प्राथमिकता दिइएको छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्षको सुरुवातमै सुविधा सम्पन्न प्रमुख प्रशासकीय भवनको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिएको छ । पूर्वाधार विकासको बजेट मध्ये सबै वडा कार्यालय सम्म पुग्ने बाटो स्तरोन्नतीका साथै कालोपत्रे गर्ने नीति तथा कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष सुधिर कुमार पौडेलले जानकारी दिनुभयो ।अध्यक्ष पौडेलले स्वास्थ्य, शिक्षा र पूर्वाधार लगायत सामाजिक तथा समावेशी विकासमार्फत समृद्ध पालिका निर्मााण गर्ने, अहिलेको विषम परिस्थितिमा कोभिड १९ विरुद्ध लाग्नका लागि स्वास्थ्यलाई प्राथमिकतामा राखेर शिक्षा, कृषि, रोजगारी सँगसँगै अन्य क्षेत्रको विकास गरी आत्मनिर्भर गाउँपालिकाको दिशामा अग्रसर हुने, नगरबाट प्रदान गरिने सेवा प्रवाहको गुणस्तर बढाई गाउँ सरकारको अनुभूतिसहित सुशासनको प्रत्याभूति दिन बजेट केन्द्रित रहेको अध्यक्ष पौडेलले बताउनुभयो ।
बजेटका उद्देश्य हासिल गर्न र बजेटका प्राथमिकता कार्यान्वयन गर्न संघीय सरकार, प्रदेशसँग एकता, समन्वय र साझेदारी गरी निजी क्षेत्र, नागरिक समाज, राजनीतिक दल संघ संस्थासँग सहकार्य गर्दै प्रभावकारी कार्यान्वयनमा जोड दिइने गाउँपालिका अध्यक्ष पौडेलले बताउनुभयो ।

गाउँपालिकाको वडा न ४ मा रहेको सेपत बाङ्सिङ पञ्चासे सडकको स्तरउन्नतीको लागि बहुवर्षिय कुल रु १० करोड मध्ये आगामी आर्थिक वर्षको लागि रु ४ करोड बजेट विनियोजन भएको गाउँपालिकाको उपाध्यक्ष शर्मिला देवी पौडेलले जानकारी दिनुभयो । वडा न १ र ३ मा नयाँ वडा कार्यालय भवन बनी सकेको छ भने हाल वडा न ४ मा काम भइ रहेको छ । त्यस्तै आगामी आर्थिक वर्ष वडा न २ को वडा कार्यालय भवन निर्माण गर्न ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ । त्यस्तै अत्याधुनिक सुविधा भएको सपिङ कम्प्लेक्स सहितको बहुउद्देश्यीय सभा हल सम्पन्नको अन्तिम चरणमा रहेको छ ।

कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च एवं कार्यक्रम लगायत गरी चालू तर्फ ६ करोड ५० लाख , पुँजीगत खर्च तथा पूर्वाधार विकास, निर्माण तर्फ रु १७ करोड २ लाख र शसर्त अनुदान तर्फ २१ करोड ६४ लाख बजेट विनियोजन गरेको गाउँपालिका उपाध्यक्ष शर्मिला देवी पौडेलले जानकारी दिनुभयो ।नीति तथा कार्यक्रममा प्रस्तुत भएका गौरवका आयोजनाहरूलाई पूर्ण रूपमा सम्पन्न गर्ने बजेटले लक्ष्य लिएको छ । कोरोना रोकथाम, नियन्त्रण र उपचार एवं क्वारिन्टिन व्यवस्थापनको लागि रु ४० लाख बजेट विनियोजन गरेको छ । श्रमिकको लागि काम तथा रोजगारीको लागि ८५ लाख ५९ हजार बजेट विनियोजन गरेको छ । सिँचाइ खानेपानी, काठेपोल विस्थापन लगायत सामाजिक न्याय र समानता, समावेशिकरण,आर्थिक, सामाजिक , सांस्कृतिक क्षेत्रको विकासमा बजेटले जोड दिएको छ ।

सभा मार्फत भौतिक पूर्वाधार विकास क्षेत्र तर्फ घर नक्सा पास, बन तथा वातावरण संरक्षण, विपद् व्यवस्थापन, फोहोर मैला व्यवस्थापन, ऊर्जा विकास, सुशासन अभिवृद्धि, संस्थागत विकास र न्याय तथा मेलमिलापलाई रकम विनियोजन गरिएको जनाइएको थियो । हरेक वडामा कम्तीमा ३÷३ वटा हावापानी सुहाउँदो बालीको पकेट क्षेत्र, भकारोमा गोबर तथा गहुँतलाई व्यवस्थित बनाइ प्राङ्गारिक मलको रूपमा प्रयोग गर्न सजिलो बनाउने उद्देश्यले भकारो सुधार कार्यक्रम माटो परीक्षण तथा प्रविधि हस्तान्तरण, एक घर एक टनेल, कृषि तथा पशु बीमा सचेतना कार्यक्रम, पशु नस्ल सुधार, दूध तथा दुग्ध जन्य वस्तुहरूको उत्पादन, बाख्रा तथा भैँसी प्रवद्र्धन कार्यक्रम, मौरीपालन तालिम तथा घार वितरण गरी मह तथा मैन उत्पादन, प्राङ्गारिक मल उत्पादन, विभिन्न कृषक तालिमहरू, शीत भण्डार निर्माण, कृषि एम्बुलेन्स, कृषक भ्रमण, पशु स्वास्थ्य सेवा तथा उपचार , वालि संरक्षण तथा कृषि क्षेत्रमा आइ पर्न सक्ने हानिकारक कीरा तथा रोगको रोकथाम, नर्सरी निर्माण तथा व्यवस्थापन, व्यवसायीक कृषक प्रोत्साहन, कृषि तथा पशु मेला प्रदर्शनी कार्यक्रम लगायत कृषि तथा पशुका कार्यक्रमलाई प्राथमिकतामा राखी बजेट प्रस्तुत गरिएको गाउँपालिकाले जनाएको छ ।

ताजा

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal