प्रधानमन्त्री ओलीद्वारा मन्त्रीपरिषद् पुर्नगठन



काठमाडौं,२१ जेठ– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् पर्नगठन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टीलाई सरकारमा भित्र्याए संगै मन्त्रीपरिषद्को पुर्नगठन गर्नुभएको हो । जनता समाजवादी पार्टीका ८ मन्त्री र दुई राज्यमन्त्रीसहित नवनियुक्त १० मन्त्री र राज्यमन्त्रीहरुलाई शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले सपथग्रहण गराउनुभएको हो ।
पुनर्गठनपछि ओली मन्त्रीपरिषद् १७ सदस्यीय बनेको छ । मौजुदा मन्त्रीपरिषदबाट १३ जना बाहिरिएका छन् ।
पुर्नगठित मन्त्रीपरिषद्मा उपप्रधानमन्त्रीहरुको वरियतामा विष्णु पौडेल पहिलो स्थानमा, रघुविर महासेठ दोस्रो र राजेन्द्र महतो तेस्रो स्थानमा रहनुभएको छ ।

यस्तो छ मन्त्रिपरिषद्को कार्यविभाजन ः
प्रधानमन्त्री केपी शर्मा ओली स् रक्षा, गृह,सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन।
विष्णु पौडेल स् उपप्रधानमन्त्री, अर्थ
राजेन्द्र महतो स् उपप्रधानमन्त्री, शहरी विकास
रघुवीर महासेठ स् उपप्रधानमन्त्री, परराष्ट्र
शेरबहादुर तामाङ स् स्वास्थ्यमन्त्री
कृष्णगोपाल श्रेष्ठ स् मन्त्री, शिक्षा
बसन्तकुमार नेम्वाङ स् मन्त्री, भौतिक पूर्वाधार तथा यातायात
लीलानाथ श्रेष्ठ स् मन्त्री, कानून न्याय तथा संसदीय मामिला
शरतसिंह भण्डारी स् मन्त्री, ऊर्जा
अनिल झा स् मन्त्री, खानेपानी तथा सरसफाई
विमल श्रीवास्तव स् श्रम तथा रोजगार
उमाशंकर अरगरिया स् मन्त्री, वन तथा वातावरण
लक्ष्मणलाल कर्ण स् मन्त्री, भूमि व्यवस्था
चन्दा चौधरी स् मन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक
एकवाल मियाँ स् मन्त्री, युवा तथा खेलकुद
चन्द्रकान्त चौधरी स् राज्यमन्त्री, ऊर्जा
रेणुका गुरुङ स् राज्यमन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक

रक्षा र गृहसहित सात मन्त्रालय प्रधानमन्त्री ओलीसँगै रहने
एमालेका ४ जनाबाहेक सबै मन्त्री पदमुक्त
रघुवीर महासेठ परराष्ट्रसहित उपप्रधानमन्त्री, शेरबहादुर तामाङ स्वास्थ्यमन्त्री

ताजा

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal