राष्ट्रपतिमाथि क्रुर हमलाको ‘चौथो भेरियन्ट’

अहिले सम्मानित राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अपमानपूर्ण हमलाको चौथो भेरियेन्ट अर्थात् वेभ उत्कर्षमा छ ।

हमलाको पहिलो भेरियन्ट तीन वर्ष पहिले संसदमा नीति तथा कार्यक्र प्रस्तुत गर्दा भएको थियो, जतिबेला उहाँले ‘मेरो सरकार’ भन्नुभएको थियो । जुनकारण उहाँमाथि क्रुर हमाला भयो, निर्दोश राष्ट्रपतिमाथि गणतन्त्रका ब्राण्डेड ठेकेदारले राष्ट्रपतिको उछितो काडे । उनीहरुले यति पनि बुझेनन् कि राष्ट्रपतिले सरकारद्वारा लिखित नीति तथा कार्यक्रम वाचन गर्ने मात्रै हो । हुनतः राष्ट्रपतिले ‘मेरो सरकार’ भन्नु सामान्य प्रचलित परम्परा थियो ।

अर्को सालको नीति तथा कार्यक्रममा ‘मेरो’ भन्ने शब्द परेन । अर्थात् सरकारले अर्को साल त्यो शब्द राखेन र राष्ट्रपतिले पढ्नु भएन । दोषै दिनु पर्ने भए सरकारलाई दिनुपर्नेमा राष्ट्रपतिमाथि त्यतिकै हमला गरियो ।

राष्ट्रपतिमाथि हमलाको दोस्रो भेरियन्ट पनि जोरजबर्जस्तीका साथ आयो । हेलिकप्टर र गाडी चढेको विषय मात्रै होइन, कार्पेट विच्छ्याएको विषयमा मान्छेहरु खनिए ।

डेढ अर्बको हेलिकप्टर, अठार करोडको गाडी र डेढ करोडको कार्पेट भन्दै पेटकै जुका झर्ने गरी चिच्याए र कोकोहोलो गरियो । अझै राष्ट्रपति भवन राष्ट्रपतिको निजी घर होइन र उहाँ कार्यकाल पूरा गरेर जाँदा त्यहीं छाडेर जानुहुने भन्ने कखरा पनि नजान्नेहरु ‘चण्डाल शैली’मा बर्बराए । चर्चित लोकगायकले समेत ‘लुट्न सके लुट’ भन्ने गीतमा ‘डेढ अर्बको हेलिकप्टर चढ्छिन् राष्ट्रपति’ भन्ने लाइन राखे । विषय विवादित भएपछि उनले माफी मागे ।

राष्ट्रपतिमाथि हमलाको दोस्रो भेरियन्ट पनि जोरजबर्जस्तीका साथ आयो हेलिकप्टर गाडी चढेको विषय मात्रै होइन, कार्पेट विच्छ्याएको विषयमा मान्छेहरु खनिए

अलिपछि गाइँगुइँ सुनियो– ती केही सामग्री किन्ने निर्णय अघिल्लै राष्ट्रपतिको कार्यकालमा भएको रहेछ । भनिन्छ, हेलिप्याड बनाउनका लागि अघिल्लै राष्ट्रपतिका पालामा तालिम केन्द्र सार्ने निर्णयको कुरो कोट्याउँदा बबण्डर मच्चाइयो । पछि थाहा भो, कार्पेट डेढ करोडको होइन, २७ लाखको मात्र रहेछ ।

अहिलेका राष्ट्रपतिले चढ्ने सवारीसाधन त त्यै साठी सत्तरी लाख पर्ने विद्युतीय गाडी पो रहेछ । त्यो भन्दा महँगो गाडी त हिजो जनयुद्ध र आज धनयुद्धमा लागेर दिव्य आयस्रोतमार्फत अकूत सम्पत्ति आर्जन गर्न पाउने तर स्रोत खुलाउनै नपर्ने ‘हवाइचप्पलेहरू’ नै पो आज चड्छन् ।

अर्को कुरो, जब राष्ट्रपति कार्यालयको हेलिकप्टरले मुगुमा सुत्केरी हुन नसकेकी महिलाको उद्धारमा प्रयोग भएको देखे तब मौसमी परिचालित र परिपोषितहरू हमलाकारी विषवमन गर्ने चार्ज पनि सकियो । त्यो भैरियन्ट मत्थर भएसँगै हमलाकारीहरू राष्ट्रपतिमाथि अर्को हमला गर्ने वेभ वा भेरियेन्ट ढुकेर बसे ।

गत साल कोरोनाले मुलुकलाई आक्रमण गरेका बेला राष्ट्रपतिमाथि अर्को ‘हमलाकारी भेरियेन्ट’ आयो । नेकपामा देखिएको मतभेद र विग्रहबारे राष्ट्रपतिले जनताको अपेक्षाअनुसार मुलुककमा राजनैतिक स्थिरता कायम होस् भनी कतिपय सन्दर्भमा गर्नु भएको सौहार्द्रपूर्ण भेटघाटलाई पनि दुराग्रहपूर्ण तवरले हेरियो । केटाकेटी तर्साएझै महाभियोगको हाउगुजी देखाइयो ।

सरकारले एसिड आक्रमणविरुद्धलगायतका अध्यादेश ल्यायो, त्यसपछि त झन् राष्ट्रपतिले स्वीकृत गर्नु हुँदैनथ्यो भनेर कतिपयले जात्रा देखाए । लोकतन्त्र मार्न त्यसका सारथिहरूका घाँटी रेट्नेहरूका मुखबाट ‘सयौँ मुसा खाएर काँशी हिँडेको बिरालो’लेझै लोकतन्त्रको रामनामी गुन्जिन थाल्यो । अनि तिनैले अध्यादेश ल्याउँदा लोकतन्त्र छटपटाएको देखे ।

संविधानमा राष्ट्रपतिलाई अधिकार दिने बेलामा (‘कटवाल काण्ड’बाट गलहत्तिनु परेको घाउको पाप्रा कोट्याउँदै) कनकन गर्ने र सरकारले ल्याउने अध्यादेशमा छाप लगाउने बाहेकको अधिकार दिन कन्जुस्याइँ गर्नेले राष्ट्रपतिलाई दोष दिन अलिकति त लाज मान्नुपर्ने हो ।

राष्ट्रपतिविरुद्ध विशेष गरी संसद् विघटनपश्चात् आएको जुन कडा खालको विरोधको भेरियेन्ट छ, त्यो झनै विकृत रूपमा आएको छ । प्रधानमन्त्रीको सिफरिसमा राष्ट्रपतिबाट संसद विघटन भयो । दोष त सरकारको होला नि, राष्ट्रपतिमाथि केको हमला ?

यो भेरियन्टमा त उहाँमाथि यौनिकता, लैङ्गिकता, मानवीय संवेदनशीलता र व्यक्तिगत जीवनमाथि पटकपटक हमला भयो । अझै एउटा आमसभामा बोल्दै एउटीले झाक्रो फिजाउँदै राष्ट्रपतिमाथि जघन्य आरोप लगाइन् । केही हेभीवेट भनिने नेतासमेत पहिरन र श्रीमान गुमाउनु परेको पीडालाई घृणित तरिकाले व्यख्या गर्दै तथानाम भने ।

अझै, संविधानको धारा ७६(५)अनुसार दलीय व्यसस्थाको धज्जी उडाउने गरी २७५ सदस्य भएको प्रतिनिधिसभामा ३०० भन्दा बढी गणित देखेपछि दुवै पक्षलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त नगर्नु स्वभाविक थियो । राष्ट्रपतिको आह्वानलाई नै असंवैधानिक भन्नेहरूले असंवैधानिक पाराले ‘अर्काका भकाराबाट वस्तुभाउ चोरेर आफ्ना भन्दै डोर्याए’जस्तो गरी अवैध संङ्ख्याले लोकतन्त्र जोगाउन खोज्नेको नौटंकी पनि देखियो ।

यही मुद्दासँग आगो भएर सामाजिक सञ्जालमा सरकार प्रमुख र राष्ट्र प्रमुखलाई जोडेर यौनिक हमलाको हर्कत देखाउने अपराधीहरूका संक्रामक भाइरस झन् सलबलाए । सपथग्रहण समारोहमा राष्ट्रपतिले हाँसेको कुरोलाई लिएर सञ्जाल र कतिपय पोष्य मिडियामा जुन निकृष्ट, नीच र तुच्छ टिप्पणी गरियो र गरिँदै छ, त्यस्तो टिकाटिप्पणी गर्नेहरू कुनै महिला उच्चपदमा पुगेको देखिनसहने कतिपय स्वनामधन्य घगडान बुद्धिजीवी, प्राज्ञ, वकिल, पत्रकार र नेता भन्नेहरू नै भए ।अतः राष्ट्रपतिविरुद्धको यो भेरियेन्टलाई कुण्ठाको चीत्कार, नग्नता र मर्यादाहीनताको भाइरस भन्दा फरक पर्दैन ।

उहाँमाथि यौनिकता, लैङ्गिकता, मानवीय संवेदनशीलता व्यक्तिगत जीवनमाथि पटकपटक हमला भयो अझै एउटा आमसभामा बोल्दै एउटीले झाक्रो फिजाउँदै राष्ट्रपतिमाथि जघन्य आरोप लगाइन्

संवैधानिक राष्ट्रपतिका रूपमा सीमित अधिकारको चौघेराभित्र रहँदा पनि उहाँले नेपालका महिला र बालबालिकाका क्षेत्रमा चासोसँगै विभिन्न काम गरिरहनु भएको छ । तर उहाँमाथि केही भूतपूर्वहरु आफ्नो पालामा रामराज्य बनाएको जसरी राष्ट्रपतिमाथि विष बर्षारहेछन् ।

देश कोरोना संक्रमणले ग्रस्त भएको र राष्ट्रपतिमाथि लोकल भाइरसहरुले निर्मम हमला गरिरहँदा चिनियाँ राष्ट्रपतिले नेपाललाई १० लाख डोज कोरोनाविरुद्धको भ्याक्सिन निशुल्क दिने प्रबन्ध राष्ट्रपति भण्डारीले नै मिलाउनु भयो । यसले उहाँको देश र नागरिकप्रतिको चिन्ता र जिम्मेवारीलाई प्रष्ट पार्छ ।

त्यसैले गणतन्त्रको सिसाको घरभित्र बसेर गजुरमाथि ढुंगा हान्दा के हुन्छ ? अहिले त्यस्तै भइरहेको छ । दृश्य वा अदृश्य रूपमा जानीजानी सम्मानित संस्थामाथि विषवमनको राँकोमा जजसले निरन्तर ऊर्जा खर्च गरिरहनु भएको छ, उहाँहरूले पनि एकपल्ट ऐनामा आफ्नो अनुहार हेरौं ।

हजारौँको रगतमा होली खेलेर आफ्नो धनसार भर्नेहरूले लोकतन्त्रका नाममा गोहीका आँसु नचुहाए हुन्छ । लोकतन्त्रको शाकाहारी वस्त्रधारीहरू मांसाहारी भोजभतेरको भान्साबाट सकेसम्म बचौँ । आफ्नो अनुकूल निर्णय नआएकै भरमा राष्ट्रपतिविरुद्ध नन्दीभृङ्गी परिचालन गरेर लैंगिकताका कोणबाट विभेदपूर्ण हमला गर्ने अमानवीय आचरण सुधारौँ ।

महिला अधिकार लैंगिक विभेदका नाममा डलर पचाउनेका कुरा त के गर्नु र, महिला संगठन र आयोगहरूले यसलाई गम्भीरताका साथ नोट गरौं । स्मरण रहोस् ! राष्ट्रपतिविरुद्धको पाँचौ भेरियन्ट ल्याउन खोज्दा त्यसको भाइरसले आफै संक्रमित भइ सखाप भइएला ! सतर्क बनौं ।स्रोतः नेपाल प्रेस

ताजा

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal