पाल्पाका दुई स्थानिय तहले खोप खरिदको अनुमती माग्दै
सिर्जना घिमिरे
पाल्पा,१० जेठ– कोरोना महामारीको संक्रमण फैलिदै गएपछि पाल्पाका स्थानिय तहले सरकारसँग खोप खरिदका लागि अनुमति मागेका छन् । पाल्पाको रामपुर नगरपालिका र रम्भा गाउँपालिकाले मन्त्रालयमा पुगेर नेपाल सरकारसँग खोप खरिदका निम्ति अनुमति दिन माग गरेका हुन् ।
रामपुर नगरपालिकालका नगरप्रमुख रमणबहादुर थापाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्री हृदयेश त्रिपाठीलाई भेटेर ५० हजार खोपको डोज खरिद प्रक्रियाका लागि अनुमति दिन माग गरिएको बताउनुभयो । अग्रपंक्तिमा काम गर्ने नागरिकलाई दोस्रो खोप लगाइसकिएको बताउदै नगरबासीलाई कोरोना भाइरस रोकथाम, उपचारमा नियन्त्रण र व्यवस्थापनका लागि नगरपालिकाले आफ्नै लगानीमा खोप खरिदको प्रक्रिया अगाडी बढाउने भएकोले अनुमति दिन माग गरिएको नगरप्रमुख थापाको भनाइ छ ।
रम्भा गाउँपालिकाले पनि कोरोनाका कारण जनताले ज्यान गइरहेको दुःखद अवस्थामा कोरोनाबाट बचाउन प्रत्येक नागरिकलाई खोप लगाउने जनाएको छ । पालिकामा करिब २० हजार डोज खोप खरिदको अनुमति दिन माग गर्दै आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सिंहदरबारमा निवेदन पेश गरिएको अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो ।
पालिकाले आफ्नै लगानीमा कोरोना भाइरसको खोप खरिदका निम्ति प्रक्रिया अगाडी बढाएको जनाएको छ । खोप खरिदका लागि पालिकाको विपद व्यवस्थापन कोषको रु. ७० लाख तथा चालु आर्थिक वर्षमा सम्झौता नभएका विकास योजना बजेटबाट मिलान गर्ने गरि काम गरिने अध्यक्ष भण्डारीले बताउनुुभयो । उहाँले विकास जनताको आवश्यकता भएपनि महामारीमा जनताको स्वास्थ्य रक्षा नै मुख्य प्राथमिता रहेकोले खोप खरिद गर्ने निर्णयमा पुगेको बताउनुभयो ।
ताजा
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार






















