खोप आपूर्तिका लागि पाँच ठूला मुलुकलाई पत्राचार
काठमाडौं,१० जेठ– स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले कोभिड(१९ विरुद्धको खोप खरिदका लागि अमेरिका, बेलायत, रुस, भारत र चीनसँग उच्चस्तरिय पहल गरिएको बताउनुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले खोप आपूर्तिका लागि ती मुलुकलाई पत्राचार समेत गरिएको बताउनुभयो ।
नर्वेमा स्टकमा रहेको खोप ल्याउनका लागि शुक्रबार आफूले नर्वेली राजदूतसँग कुरा गरेको र नर्वेले सकारात्मक जवाफ दिएको मन्त्री त्रिपाठीले जानकारी दिनुभयो । मित्रराष्ट्रबाट अहिलेसम्म दुई अर्ब बराबरको स्वास्थ्य सामग्री नेपालले प्राप्त गरेको जानकारी दिँदै मन्त्री त्रिपाठीले थप मुलुकहरुले स्वास्थ्य सहायता उपलब्ध गराउन चाहेको बताउनुभयो । नेपाल प्रवेश गर्ने १४ वटा मुख्य नाकामा एन्टीजेन परीक्षण र स्क्रिन टेस्ट गर्ने हेल्थ डेस्क स्थापना गरिएको समेत मन्त्री त्रिपाठीले जानकारी दिनुभयो ।
स्वास्थ्य संकटकालको सुझाव सकारात्मक
मन्त्री त्रिपाठीले स्वास्थ्य संकटकाल लगाउन विज्ञहरुले दिएको सुझावलाई सकारात्मक रुपमालिएको बताउनुभयो । राष्ट्रपति कार्यालयले कोभिड(१९ संकट व्यवस्थापन अध्यादेश ल्याएको छ, जसमा स्वास्थ्य संकटकाल लगाउन सकिनेदेखि युनिफाइड अस्पताल स्थापनासम्मका प्रावधान समेटिएको पनि मन्त्री त्रिपाठीले जानकारी दिनुयभो ।
काठमाडौं जिल्ला प्रशासनले अध्यादेशमा उल्लेख भएका प्रावधानलाई कार्यान्वयन गर्दै निषेधाज्ञालाई कडाइ गर्ने थप आदेश सार्वजनिक गरिसकेको छ ।
ताजा
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार





















