मन्त्री अर्यालले पठाएको स्वास्थ्य सामग्री गह्रौं प्राथमिक अस्पताललाई हस्तान्तरण


वालिङ,७ जेठ– कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले पठाउनुभएको स्वास्थ्य सामग्री गह्रौं प्राथमिक अस्पताललाई हस्तान्तरण गरिएको छ । मन्त्री अर्यालले आफ्नो व्यक्तिगत खर्चमा गह्रौं प्राथमिक अस्पतालका स्वास्थ्यकर्मीको लागि पठाउनुभएको ४१ सेट पिपिई, एक कार्टुन सर्जिकल मास्क, पन्जा र ३० लिटर सेनिटाईजर लगायतका स्वास्थ्य सामग्री आज समाजसेवी लक्ष्मीपति पौडेलले अस्पतालका स्वास्थ्य कर्मीलाई हस्तान्तरण गर्नुभएको हो ।

विभिन्न संघसंस्था तथा व्यक्तिहरुले सहयोग गरेको स्वास्थ्य सामग्री स्वास्थ्यकर्मीले नपाएको गुनासो आएपछि सिधै स्वास्थ्यकर्मीलाई दिईएको बताईएको छ । कोभिडका बेला अग्र भागमा खटिएर संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई हौसला प्रदान गर्न आफ्नै खर्चमा स्वास्थ्य सामग्री पठाएको मन्त्री अर्यालले बताउनुभयो ।

ताजा

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal