बागलुङको एक बिबाहमा धेरै जन्ती लगेपछि प्रहरी परिचालन, तीन सवारी नियन्त्रणमा


बागलुङ, २२ वैशाख– सरकारले कोरोना महामारीमा जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्डको उल्ङ्घन गरी बिबाह गरेको भन्दै प्रहरीले तीन सवारी साधन नियन्त्रणमा लिएको छ । सरकारले पछिल्लो चरणमा बिबाहमा पाँच देखि सातजना मात्रै उपस्थिति भएर बिबाह गर्न निर्देशन गरे पनि बागलुङमा त्यसको उल्ङ्घन गरिए पछि बुधबार एक बिबाह समारोहमा प्रहरी परिचालन गरिएको हो ।

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–१ खहरेदेखि बागलुङ नगरपालिका–८ सिगानामा जन्ती जादा भीडभाड भएको र स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाएको पाईए पछि प्रहरीले हस्तक्षेप गर्नु परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक कृष्ण बहादुर पल्ली मगरले जानकारी दिनुभयो ।

उहाँले सरकारको आदेश पालना नगरे अन्य बिबाहमा समेत प्रहरी परिचालन गर्ने बताउनुभयो । “बिबाहमा मापदण्ड बिपरीत धेरै सवारी प्रयोग गरी जन्ती गएको खबर आउदासाथ प्रहरी निरिक्षक श्रीराम भट्टको नेतृत्वमा दुलही पक्षको घर सिगानामा प्रहरी पठाइएको थियो” प्रहरी प्रमुख मगरले भन्नुभयो “प्रहरी आएको खबरसंगै जन्तीहरु भागेको र जन्तीले प्रयोग गरेको तीन सवारी साथ नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ, थप अनुसन्धान गर्देछौं ।”

बिबाहमा केटा पक्षले तीन बस र ६ जीपमा झण्डै २०० जन्ती लगेको प्रहरीको अनुमान छ । प्रहरी पुग्दा दुई बस र एक जीप बाहेकका सवारी साधनहरु समेत अन्यत्रै पठाएको पाइएको छ । थप अनुसन्धानका लागि प्रहरीले दुलाहको बुबालाई सोधपुछका लागि जिल्ला प्रशासन कार्यालयमा बोलाएको छ । स्रोतःआदर्श अनलाइन

ताजा

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२०८३ आश्विन २५ गते, आईतवार

स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत

२०८३ आश्विन २४ गते, शनिबार

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित

२०८३ आश्विन २४ गते, शनिबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal