वालिङमा कोरोना संक्रमण बढ्दो, धरमपानीका १९ जनामा संक्रमण पुष्टी
वालिङ,२२ वैशाख– वालिङमा कोरोनाको दोस्रो भेरियन्टको संक्रमण फैलँदो क्रममा रहेको छ । बुधबार गह्रौ प्राथामिक अस्पताल वालिङमा गरिएको एन्टिजिन परीक्षणमा ३५ जनामा संक्रमित पुष्टी भएको हो । बुधबार पुष्टी हुनेहरुमा वालिङ नगरपालिका १ का १९ जनामा संक्रमण पुष्टी भएको हो । संक्रमित हुनेहरुमा ५ पुरुष र १४ महिला छन् । त्यस्तै वडा नं. २, ६, ७, र ८ का १÷१ जना, वडा नं. ९ का ३ जना, ११ का १ जना, वडा नं. १३ का ५ जना र १४ का २ जना छन् । वडा नंं १ को धरमपानी फूलबारी गाउंका मात्रै १९ जनालाई पुष्टी भएको हो ।
वडा नम्बर १ का वडा अध्यक्ष एवं नगर प्रवक्ता केदार काफ्लेका अनुसार एउटै गाउँमा १९ जनालाई संक्रमण पुष्टी भएपछि गाउँलाई नै शिल गरिएको छ । उक्त गाउँबाट अन्यत्र जान र आउन समेत नपाईने भएको हो । संक्रमण पुष्टी हुनेहरुलाई होम आइसोलेसनमा राखिएको छ । बुधबार नगरप्रमुख, उपप्रमुख सहित जनप्रतिनिधि र स्वास्थ्यकर्मी गाउँमै पुगेर कोरोनालाई परास्त गर्न आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरिएको वडा अध्यक्ष काफ्लेले बताउनुभयो । होम आइसोलेसनमा रहेका संक्रमितहरु स्वास्थ्यकर्मी र जनप्रतिनिधिको सम्पर्कमा रहनेछन् । स्वास्थ्यकर्मीले आवश्यक परामर्श दिनेछन् ।
ताजा
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
२०८३ आश्विन २४ गते, शनिबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
























