बिरुवा गाउँपालिकामा १७ बेडको आइसोलेसन वार्ड


हरेक वडामा होम आइसोलेसन व्यवस्थापन तथा निगरानी समिति गठन

बिरुवा,२३ वैशाख– बिरुवा गाउँपालिकाले बढ्दै गएको कोरोना भाइरस (कोभिड १९) को नयाँ भेरियन्टलाई मध्य नजर गरेर गाउँपालिकाम १७ बेडको आइसोलेसन वार्ड तयार पारेको गाउँपालिकाले जनाएको छ । बिरुवा ६ चिन्नेबासमा १२ बेडको अक्सिजन सहितको वडा नम्बर १ मा रहेको बिरुवा स्वास्थ्य चौकीमा ५ बेडको गरी १७ बेडको आइसोलेसन वार्ड तयारी अवस्थामा रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज सुवेदीले जानकारी दिनुभयो ।

आइसोलेसनमा रहने बिरामीहरुको लागि एमबीबीएस चिकित्सक र स्टाफ नर्स को समेत व्यवस्था गरिएको प्रशासकीय प्रमुख सुवेदीले बताउनुभयो । आइसोलेसनका साथै गाउँपालिकामा ४५ बेडको क्वारिन्टिनको समोत व्यवस्था गरिएको छ । बाहिरबाट आउनेहरुलाई होम क्वारिन्टिनमा बस्न प्रोत्साहान गर्ने र कसैले गाउँपालिकाको क्वारिन्टिनमा बस्न चाहेको अवस्थामा त्यसको पनि ब्यवस्था मिलाईएको प्रशासकीय प्रमुख सुवेदीले बताउनुभयो ।

पालिका भित्र हरेक वडामा होम आइसोलेसन व्यवस्थापन तथा निगरानी समिति गठन
पालिका भित्र हरेक वडामा होम आइसोलेसन व्यवस्थापन तथा निगरानी समिति गठन गरिएको र समितिले वडाको अवस्था र आवश्यक्ताका बारेमा गाउँपालिकाम जानकारी गराएपछि गाउँपालिकाबाट गएर स्वास्थ्य परीक्षणका साथै नमुना संकलन गर्ने ब्यवस्था मिलाईएको र यसो गर्दा कार्य सम्पादनमा सहजता आउने प्रशासकीय प्रमुख सुवेदीको भनाइ रहेको छ ।
गाउँपालिका अध्यक्ष चुनप्रसाद शर्माले अहिले बढिरहेको संक्रमणको अवस्थालाई मध्यनजर राखेर आवश्यक तयारी गरिएको बताउनुभयो । पालिका बासिलाई स्वास्थ्यमा कुनै पनि समस्या आएको अवस्थामा गाउँपालिकाको एम्बुलेन्स मार्फत तत्कालै सेवा दिने ब्यवस्था मिलाइएको र कोरोना संक्रमणको महामारीले ल्याउन सक्ने समस्यालाई ध्यानमा राखेर पालिका भित्र रहेका स्वास्थ्य चौकीहरुमा आइसोलेसन बेड तयार गरिएको बताउदै आवश्यक्ता अनुसार थप आइसोलेसन वार्ड तयार गरिने अध्यक्ष शर्माले बताउनुभयो ।
पालिकामा दोस्रो चरणमा सात जनामा पीसीआर परीक्षण गरिएकोमा दुई पुरुष र एक महिला गरी तीन जनामा संक्रमण पोजेटिभ देखिएको छ भने बिदेशबाट फर्किएका ११ जना होम क्वारिन्टिनमा रहेकाछन् भने अक्सिजन सहितका ११ ओटा सिलिण्डर रहको र थप अक्सिजनका सिलिण्डर खरिद गर्ने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ ।

ताजा

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग

२०८३ श्रावण २४ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal