गल्याङमा १० जनाको एन्टिजिन परीक्षण गर्दा ८ जनामा कोरोना संक्रमण

स्याङ्जा,२२ वैशाख– गल्याङ नगरपालिकामा कोरोना संक्रमणको दर तिब्र गतिमा बढेको छ । नगरपालिकाले सञ्चालन गरेको गल्याङ नगर अस्पतालमा बुधबार गरिएको दश जनाको एन्टिजिन परिक्षणका क्रममा आठ जनामा संक्रमण पोजेटिभ देखिएको छ ।

संक्रमित हुनेहरुमा सबै जना गल्याङ नगरपालिका ३ का चार पुरुष र चार महिला रहेका छन् । संक्रमित हुनेहरुमा क्रमश ३३, ५३, र ४५ वर्षिय पुरुष र ५३, ४५ र ४५ वर्षिया महिला रहेका छन् । यसै गरी १५ वर्षका बालक र १० वर्षकी बालिकामा पनि संक्रमण देखिएको नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । यो संगै गल्याङ नगरपालिकामा कोरोना संक्रमित नयाँ भेरियन्ट को संख्या २३ पुगेको छ ।

स्वास्थ्यमा समस्या देखिएका संक्रमितहरु मध्ये काठमाडौंमा एक जना, पोखरामा तीन जना पाल्ल्पामा एक र बुटवलमा दुई जना संक्रमितको उपचार भैरहेको छ । भने संक्रमित भएपनि लक्षण नदेखिएकाहरु होम आइसोलेसनमा रहेको नगरपालिकाले जनाएको छ । उपचारका क्रममा वडा नम्बर ११ का ५० वर्षिय एक पुरुषको पोखरामा निधन भएपछि कोरोना बाट गल्याङ नगरपालिकामा मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

सचेत हुन नगरवासीलाई नगरप्रमुख अधिकारीको अपिल

संक्रमितको संख्या तिब्र गतिमा बढिरहेको भन्दै सचेत हुन नगरवासीलाई नगरप्रमुख अधिकारीको अपिल गर्नुभएको छ ।
कोरोना संक्रमणको दर तिब्र गतिमा बढिरहेको भन्दै नगरप्रमुख अधिकारीले यो महामारीबाट जोगिन आफै सचेत हुनु बाहेक अर्को उपाय नभएको बताउनुभयो ।
पत्रकारहरुसँगको कुराकानीमा उहाँले आफै सचेत भएर प्रशासनले तय गरेका मापदण्डहरुको पालना गर्ने र उच्च साबधानी अपनाउनुपर्नेमा जोड दिनुभयो ।

नगरप्रमुख अधिकारीले भन्नुभयो; ‘नगरपालिका सबै जनताको सुरक्षाको लागि सचेत ढंगले काम गरिरहेको छ, संक्रिमत हुन नदिने र भईहाले पनि नआत्तिएर अगाडि बढ्न म नगरवासीलाई आग्रह गर्दछु ।’
नगरपालिकाले अक्सिजन सहितको आइसोलेसन निर्माण गरिरहेको भन्दै उहाँले संक्रमितको उपचार गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।

ताजा

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२०८३ आश्विन २५ गते, आईतवार

स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत

२०८३ आश्विन २४ गते, शनिबार

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित

२०८३ आश्विन २४ गते, शनिबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal