समाचार सम्प्रेषणमा सजगता अपनाउन प्रसे काउन्सिलको अपिल
स्याङ्जा,२१ वैशाख– कोरोना भाइरस (कोभिड १९) को नयाँ भेरियन्ट सहितको संक्रमण तीब्र गतिमा बडिरहेको अवस्थामा समाचार सम्प्रेषणमा सजगता अपनाउन सबैमा प्रसे काउन्सिल नेपालले अपिल गरेको छ । काउन्सिलका उपप्रशासकीय अधिकृत रामशरण बोहोरा द्वारा मंगलबार जारी गरिएको अपिलमा भनिएको छ ।
देशका बिभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिएको यस सम्बेदनशिल अवस्थामा आमसञ्चार माध्यमबाट सम्प्रेषण हुने सामग्रीमा सजगता अपनाउन जरुरी रहेको छ । कोरोना संक्रमित र मृत्युभएका व्यक्तिहरुको पहिचान खुल्ने तस्बिर, वैयक्तिक विवरण एवं मृत्कका सामुहिक दाहसंस्कारका तस्बिरहरु बिभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा पोष्ट भएका घटना प्रति प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण भएको जनाएको छ ।
कतिपय कार्यक्षेत्रमा खटिएका पत्रकार तथा सञ्चारकर्मीले समेत यस्ता तस्बिरहरु आआफ्नो सामाजिक सञ्जालमा राखेको पाइएको जनाउदै काउन्सिलले यस्ता विषयमा कार्यालय र आआफ्नो निवासबाट समेत नियमित रुपमा अनुगमन गरी पत्रकार आचारसंहिता, २०७३(पहिलो संशोधन, २०७६) र कोरोना भाइरस संक्रमण सम्बन्धमा २०७६ चैत्र १० गते जारी निर्देशिका बमोजिम केही मिडियाको ध्यानाकर्षण गराउदै अभिलेखमा राखेको समेत अपिलमा उल्लेख गरिएको छ । काउन्सिलले सामग्री सम्प्रेषण गर्दा गोपनीयता सम्बन्धी मौलिक हकको प्रतिकूल हुने, मानवीय संवेदना खल्बलिने, प्रभावित व्यक्ति लाई थप पिडा पुग्ने तथा संक्रमित विरामीको आत्मबलमा असर परी क्षति हुुन सक्नेहुदा संवेदनशील यस घडीमा अज जिम्मेवार र सजग भइ थप सावधानी अपनाउन आमपत्रकार, सञ्चारकर्मी सञ्चार माध्यम सामाजिक सञ्जाल प्रयोग सबै कर्तामा सबैमा काउन्सिलले अपिल गरेको छ ।
ताजा
सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
२०८३ श्रावण २८ गते, बिहीबार
पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे
२०८३ श्रावण २५ गते, सोमबार






















