कृषकलाई हाते ट्रयाक्टर वितरण
वालिङ,१३ वैशाख– वालिङ नगरपालिकाले कृषकहरुलाई अनुदानमा हाते ट्रयाक्टर वितरण गरेको छ । नगरपालिकाले कृषक समूह, सहकारी तथा ब्यावसायिक फर्महरुलाई ५० प्रतिशत अनुदानमा ४९ ओटा हाते ट्रयाक्टर बितरण गरिएको नगर उपप्रमुख कल्पना तिवारीले बताउनुभयो ।
परम्परागतरुपमा कृषि प्रणाली अवलम्वन गर्दा उत्पादनभन्दा लागत धेरै लाग्ने र झण्झटिलो हुने भएकाले कृषकहरुलाई आधुनिक प्रविधि तथा यान्त्रिकीकरणको प्रयोग गरी सहज रुपमा कृषि कार्य गर्न सहयोग पुर्याउने उद्देश्यले हाते ट्रयाक्टर वितरण गरिएको उपप्रमुख तिवारीले बताउनुभयो ।
“पछिल्लो समय खेतबारी जोत्नका लागि गोरु पाउन समस्या भएको अवस्थामा हाते ट्रयाक्टरहरु बढी उपयोगी हुने ठानेर हाते ट्रयाक्टर वितरण गरेका हौं” उपप्रमुख तिवारीले भन्नुभयो, “यसको सही सदुपयोग गर्न र गाउँघरमा आलोपालो ब्यवस्थित तरिकाले सञ्चालन हुनेमा विश्वस्त छु ।”
गत आर्थिक वर्ष २०७६÷०७७ मा नगरपालिकाले सूचना निकालेको र सोही सूचनाका आधारमा आवेदन परेका कृषक समूहहरुको अनुगमनपछि छनोट गरी वितरण गरिएको कृषि अधिकृत सुभासचन्द्र अर्यालले बताउनुभयो ।
नगरपालिकाले ६ हर्ष पावरको प्रति हाते ट्रयाक्टर रु. ६० हजार र ७ हर्ष पावरको प्रति हाते ट्रयाक्टर रु. ६५ हजारमा खरिद गरिएको अधिकृत अर्यालले बताउनुभयो ।
कृषकहरुको माग र आवश्यकताका आधारमा ट्रयाक्टर खरिद गरी वितरण गरिएको हो । कृषिमा आधुनिक प्रविधिको प्रयोगले कृषि उत्पादन बृद्धि गर्नुकासाथै छिटो, छरितो र सहजसमेत हुने भएकाले कृषकहरु पछिल्लो समय प्रविधितर्फ आकर्षित हुँदै गएकाले हाते ट्रयाक्टर वितरण गरिएको कृषि शाखाका प्राविधिक केशबहादुर थापाले बताउनुभयो ।
किसानलाई ६ हर्ष पावरको प्रति हाते ट्रयाक्टर रु. ३० हजार र ७ हर्ष पावरको प्रति हाते ट्रयाक्टर रु. ३२ हजार ५०० मा उपलब्ध गराईएको हो ।
हाते ट्रयाक्टर वितरण पूर्व कृषकहरुलाई सञ्चालन गर्नेसम्बन्धी अभिमुखीकरण दिईएको थियो ।
ताजा
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा
२०८३ बैशाख ९ गते, बुधबार
आज मातातीर्थ औँसी
२०८३ बैशाख ४ गते, शुक्रबार
वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वगृहमन्त्री रमेश लेखक रिहा
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
२०८२ चैत्र २६ गते, बिहीबार
लेबनान आक्रमणले युद्धविराम सङ्कटमा
२०८२ चैत्र २६ गते, बिहीबार
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
२०८२ चैत्र २६ गते, बिहीबार
पोखरा सभागृहचोकमा महिलाको हत्या
२०८२ चैत्र २६ गते, बिहीबार





















