डडेलधुराको जुनार बजार खोज्दै काठमाडौंमा, बजारीकरणमा सहयोग गर्छौः मन्त्री अर्याल
काठमाडौँ,२० चैत–डडेलधुरामा उत्पादन भएको जुनार बजारीकरणका निम्ती किसानहरुले पहलकदमी थालेका छन् । डडेलधुराका जुनार उत्पादक किसानहरुले बिहीबार काठमाडौंमा कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्याललाई भेटेर उत्पादन र बजारीकरणमा सहयोग गर्न आग्रह गरेका छन् ।
भेटका क्रममा किसानहरुले मन्त्री अर्याललाई जिल्लामा उत्पादित जुनार उपहार दिँदै सिँचाईको अभावमा जुनारको बोट मर्ने समस्या रहेको भन्दै त्यसको समाधानका निम्ती सिचाईको व्यवस्थाका लागि सहयोग गर्न आग्रह गरेका थिए । किसानसंगको भेटका अवसरमा बोल्दै मन्त्री अर्यालले डडेलधुराको जुनार उत्पादन बृद्धि गर्न आगामी वर्षको कार्यक्रममा विशेष व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । बजारीकरणको क्षेत्रमा कालिमाटी फलफूल तथा तरकारी बजारमा डडेलधुराका कृषकहरुको उत्पादनलाई बिक्रिवितरण गर्न सहजिकरण गरिने समेत मन्त्री अर्यालले आश्वासन दिनुभयो । उहाँले जुनार उत्पादन क्षेत्रमा सिचाईको व्यवस्था समेत गरिने बताउनुभयो ।
भागेश्वर गाउँपालिका ५ चुल्ल–शिराड डडेलधुराका किसानहरुले चुल्लका शिद्धनाथ नागार्जुन बहुउद्देश्यीय कृषक समूहमार्फत जुनार उत्पादन गर्दै आएका छन् । अहिले बजारीकरणका निम्ती १३ सय किलो जुनार लिएर काठमाडौंमा आएको अगुवा किसान अन्तराम जोशीले जानकारी दिनुभयो । ‘बाउबाजेको पालादेखी डडेलधुरामा जुनारको खेती गर्दै आएको भएता पनि बजारीकरणको अभावमा बारीमै कुहिएरै जाने अवस्था छ’, उहाँले भन्नुभयो, ‘बजार नपाउने समस्या थियो । त्यसैले अहिले हामी कृषक समूहमार्फत बजारीकरण, प्रचारप्रसारका लागि जुनार लिएर काठमाडौं आएका हौ ।’
जुनार लिएर काठमाडौं आएका समूहका अगुवा किसान नारायणदत्त जोशीले सिचाईको अभावमा जुनारको बोट सुक्न थालेकाले त्यो समस्या समाधान गरिदिन र बजारीकरणमा सहयोग गर्न मन्त्रीसँग आग्रह गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मन्त्रीसमक्ष हामीले हाम्रा उत्पादन र समस्याहरु राख्यौ । उहाँले जुनारको बजारीकरण र सिँचाईका निम्ती सहयोग गर्छौ भन्नुभएको छ ।’
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको डडेलधुरास्थित कार्यालयका प्रमुख खेमराज जोशीले आगामी दिनमा जुनार खेती प्रबद्र्धनका लागि समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कृषि ज्ञान केन्द्र डडेलधुराले बजारीकरणका निम्ती ढुवानीमा सहयोग गरेपछी किसानहरु काठमाडौंसम्म जुनार लिएर आएका हुन् । केन्द्रले नयाँ बिरुवा रोप्नका निम्ती समेत सहयोग गरेको छ ।
ताजा
आजको मौसमः केही स्थानमा मध्यम वर्षा र हिमपात हुने
२०८३ बैशाख २० गते, आईतवार
आजको मौसमः केही स्थानमा मध्यम वर्षा र हिमपात हुने
२०८३ बैशाख २० गते, आईतवार
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा
२०८३ बैशाख ९ गते, बुधबार
आज मातातीर्थ औँसी
२०८३ बैशाख ४ गते, शुक्रबार
वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वगृहमन्त्री रमेश लेखक रिहा
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
२०८२ चैत्र २६ गते, बिहीबार
लेबनान आक्रमणले युद्धविराम सङ्कटमा
२०८२ चैत्र २६ गते, बिहीबार
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
२०८२ चैत्र २६ गते, बिहीबार





















