नागरिक आरोग्य केन्द्रको स्थपाना


स्याङ्जा,२३ चैत– जिल्लाको दुर्गम भेगमा सहजरुपमा आयुर्वेदको सेवा प्रदान गर्ने उद्देश्यले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले जिल्लाको बिभिन्न भेगमा नागरिक आरोग्य केन्द्रको स्थापना गरेको छ ।
दिनप्रतिदिन आयुर्वेद उपचार पद्धति तर्फ नागरिकहरुको चासो बढ्दै जानथलेपछि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको समन्वयमा नागरिक आरोग्य केन्द्रको स्थापना गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र स्याङ्जाले जनाएको छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र स्याङ्जाका प्रमुख डा सुभद्रा कार्कीले भेग मिलाएर जिल्लाको आँधीखोला गाउँपालिका, बिरुवा गाउँपालिका र कालीगण्डकी गाउँपालिका गरि तीन ठाउँमा नागरिक आरोग्य केन्द्रको स्थापना गरिएको जानकारी दिनुभयो । कार्यालय प्रमुख डा कार्कीले भन्नुभयो, ‘आयुर्वेद विभाग अन्तरर्गत ३१८ ओटा आरोग्य केन्द्र स्थापना गर्ने कार्यक्रम अनुसार जिल्लामा आयुर्वेदको पहुच नभएको ठाउँमा बाट सेवा दिने उद्देश्य अनुसार आरोग्य केन्द्रको स्थापना गरेका हौ’।


आरोग्य केन्द्र मार्फत जीवन शैली व्यवस्थापन,आयुर्वेद आहार विहारमा नियमन, योग परामर्शका साथै आधारभूत औषधी वितरण गरिने प्रमुख कार्कीले बताउनुभयो । एक जना कविराज सहयोगी मार्फत सेवा प्रदान गरिनेछ भने स्थानीय तहको सहयोग र जिल्ला आयुर्वेदिक केन्द्र स्याङ्जाको समन्वयमा संचालन हुने कार्यालयले जनाएको छ ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal