सरकार रचनात्मक कार्यमा लागेको छ ः मन्त्री अर्याल
स्याङ्जा,२१ फागुन–कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले वर्तमान सरकार रचनात्मक कार्यमा लागेको बताउनुभएको छ । बिरुवा गाउँपालिकाले आयोजना गरेको चौथो अध्यक्षकप (वडास्तरीय पुरुष तथा महिला भलिबल कप) एवं विरुवा गाउँपालिका–६ स्थित भुवनघाट पक्की पुलको बिहीबार उद्घाटन गर्दै मन्त्री अर्यालले सो कुरा बताउनुभएको हो ।

नेपाली जनताको संघर्षबाट स्थापना भएको वर्तमान सरकारले सबैसग हातेमालो गरेर अगाडी बढ्ने बताउदै मन्त्री अर्यालले सरकरले इतिहास रच्ने बताउनुभयो । मन्त्री अर्यालले सरकारले खुट्टा नकमाइकन नक्सा जारी गरेपछि नै ओली सरकार हटाउने खेल शुरु भएको भन्दै त्यो कुरा पार्टीका कतिपय शीर्ष नेतृत्वले गरेका कारण अहिलेको स्थिति सिर्जना भएको बताउनुभयो ।
जिल्लाको विकासको लागि सबै क्षेत्रमा आफुले सक्दो पहल गर्ने बताउदै मन्त्री अर्यालले ज्याग्दी करिडोरको स्तरोन्नतिका लागि आफुले पहल गर्नुका साथै अस्पताल, सडक कोलोपत्रे गर्ने काम जिल्लामा भइरहेको बताउदै विकास निर्माणका काममा बिरोध भन्दा पनि सहयोग गर्नुपर्ने मन्त्री अर्यालको भनाइ थियो ।

आमा समुह, सामुदायिक भवन र खेल मैदानका निम्ति सक्दो सहयोग गर्ने मन्त्री अर्यालले बताउनुभयो । तीन दिन सम्म संचालन हुने अध्यक्ष कपमा प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, नेकपा जिल्ला अध्यक्ष सुर्य प्रसाद गैह्रे(पारस) नेपाली कांग्रेसका नेता युवराज के.सी लगायतले भलिवल प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । भलिवल प्रतियोगितामा प्रथम, दितीय, तृतीय र सान्तोना पुरस्कार क्रमशः ६० हजार, ४० हजार, २० हजार र १० हजार र ट्रफि मेडल र प्रमाण पत्र रहेको गाउँपालिकाले जनाएको छ ।

ताजा
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार





















